प्रकाशित मिति : शुक्रबार, अशोज ६, २०७४

राष्ट्रपति ट्रम्पको आदेशसँगै अब अमेरिकी राज्यकोष विभागले उत्तर कोरियासँग व्यावसायिक सम्बन्ध भएका आर्थिक संस्थान तथा कम्पनीमाथि कारवाही गर्ने अधिकार पाएको छ ।
चीनको केन्द्रीय बैंकले अन्य चिनियाँ बैंकलाई उत्तर कोरियासँगको कारोबार रोक्न निर्देशन दिएको जानकारी पनि अमेरिकी राष्ट्रपति ट्रम्पले दिएका छन् ।
संयुक्त राष्ट्रसंघले दुई साता अघि उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर नयाँ प्रतिबन्ध लगाएको थियो ।
बिहीबार नयाँ प्रतिबन्ध घोषणा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘मानवताका लागि सबैभन्दा खतरनाक हतियार विकसित गरेकाले उत्तर कोरियालाई जुन स्रोतबाट आर्थिक सहयोग हुँदै आएको छ, त्यसलाई रोक्नका लागि यो कदम चालिएको हो ।’
परमाणु हतियार र क्षेप्यास्त्र सम्बन्धी कार्यक्रमका लागि लगानी जुटाउन उत्तर कोरियाले लामो समयदेखि अन्तर्राष्ट्रिय आर्थिक प्रणाली दुरुपयोग गरेको पनि उनले बताए । (एजेन्सी)
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij