आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उत्तर कोरिया नजिकै अमेरिकी बमवर्षक र युद्ध विमान उडान

  • प्रकाशित मिति : आइतवार, अशोज ८, २०७४



  • असोज ८ । अमेरिकाले उत्तर कोरिया नजिकै बमवर्षक र युद्ध विमान उडान गरेको छ ।

    दुई देशबीचको सम्बन्ध सत्रुताका रुपमा परिणत भइरहेका बेला अमेरिकाले बम वर्षक विमान उडान गरेको हो ।

    शक्ति प्रदर्शन गर्ने उद्देश्यले अमेरिकाले बमवर्षक र युद्धविमानहरु उत्तर कोरियाको पूर्वी तटीय क्षेत्रमा उडान गरेको हो ।

    २१ औं शताब्दीमा अमेरिकी युद्धविमान र बमवर्षक विमान उत्तर कोरियाको त्यति नजिक पुगेको यो पहिलो पटक हो । यी विमान जापानको ओकिनावा र अमेरिकी क्षेत्र गुआमबाट उडेका थिए ।

    अमेरिकी रक्षा मन्त्रालयले पेन्टागनका प्रवक्ता डाना ह्वाइटले यो शक्ति प्रदर्शन कुनै पनि खतरा परास्त गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कयौं सैन्य उपाय छन् भन्ने देखाउने लक्ष्य भएको बताएका छन् ।

    उनले विज्ञप्ति जारी गर्दै सैन्य शक्ति पूर्ण क्षमतामा प्रयोग गरेर हाम्रो र हाम्रा सहयोगीहरुको भूमि सुरक्षा गर्न तयार भएको उल्लेख गरेका छन् ।

    संयुक्त राष्ट्र संघका कोरियाका विदेश मन्त्री रि योङ होले भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आत्मघाती लक्ष्य लिएको आरोप लगाए । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij