आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चौथोपटक चान्सलर चुनिएकी संसारकै शक्तिशाली महिला मर्केल

  • प्रकाशित मिति : सोमवार, अशोज ९, २०७४



  • जर्मनीमा एंगेला मर्केल चौथो पटक चान्सलर निर्वाचित हुने भएकी छन्। हालै सम्पन्न निर्वाचनमा उनले नेतृत्व गरेको क्रिस्टियन डेमोक्र्याट (सिडियु) र क्रिस्टियन सोसल युनियन (सिएसयु) को गठबन्धन जर्मनीको सबैभन्दा ठूलो पार्टी बनेको छ। सिडियू–सिएसयूलाई जर्मन संसदमा ३३ प्रतिशत मत प्राप्त भएको छ।

    चौथो पटक जिते पनि ७० वर्षे इतिहासमै यो गठबन्धनले पाएको सबैभन्दा थोरै मत हो। चुनावमा थोरै मत आएको भन्दै सत्तारुढ गठबन्धनको साझेदार दल सोसल डेमोक्र्याट (एसपीडी)ले अब विपक्षमा बस्ने निर्णय गरेको छ।

    यसपालिको चुनावमा दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले पहिलो पटक जर्मन संसदमा सीट जित्दै तेश्रो ठूलो पार्टी भएको छ।

    १२ वर्षदेखि लगातार चान्सलरको कार्यभार सम्हालेकी मर्केलले चुनाव परिणाम पछि आफ्ना समर्थकलाई सम्बोधन गर्दै भनिन्, ‘मैले योभन्दा राम्रो नतिजा आशा गरेकी थिएँ।’

    मर्केलको चौथो जितसँगै उनी संसारकै शक्तिशाली महिला मानिएकी छन्। चार पटकसम्म कुनै राष्ट्रको प्रमुख पदमा लगातार निर्वाचित हुनु सामान्य होइन। मर्केलको गठबन्धन पार्टी र व्यक्तिगत राजनैतिक ताकत आफैंमा धेरै ‘प्रभावशाली’ छ।

    सन् १९५४ जुलाइमा जर्मनीको ह्यामवर्गमा जन्मिएकी मर्केलको पूरा नाम एंगेला डोरोथिया क्यासनर हो। सन् १९७७ मा अलरिक मर्केलसँग विवाहपछि उनले आफ्ना थर मर्केल राखिन्। उनीहरुको विवाह पाँच वर्षमै टुंगिएपनि उनले आफ्नो थर मर्केल भने टुंगाइनन्।

    मर्केलका हालका पति प्रोफेसर जोएसिम सोएर हुन्। यिनीसँग मर्केलको भेट उनको डिर्भोस हुनुभन्दा एक वर्षअघि भए पनि विवाह भने निकै ढिलो गरे। सन् १९९८ मा उनीहरुले हल्लाखल्ला नगरी विहे गरेका थिए।

    मर्केल र उनका पति सोएर

    मर्केल र सोएरका कुनै सन्तान छैनन्। सोएरको भने आफ्नो पहिलेको सम्बन्धबाट दुई छोरा छन्।

    मर्केल फुटबल निकै रुचाउँछिन्। उनले संसदमै धेरैपटक फुटबलबारे समाचार सुन्ने र आफ्नो कामले भ्याएसम्म राष्ट्रिय टोलीको खेल हेर्न पुग्ने बताइन्छ। उनी फुटबलमा रमाउँछिन् भने कुकुरसँग साह्रै डराउँछिन्।

    सायनशास्त्रमा विद्यावारिधी गरेकी उनले सन् २००५ देखि जर्मन चान्सलरको कुर्सी सम्हालेकी हुन्। राजनीतिमा आउनुअघि उनले तीन वर्ष अनुसन्धान वैज्ञानिकका रुपमा काम गरेकी थिइन्।

    सन् १९८९ मा उनी राजनीतिमा प्रवेश गरेकी हुन्। यसको लगत्तै अर्को वर्ष उनी पहिलो पटक निर्वाचित ‘इस्ट जर्मन गभर्मेन्ट’ दलकी डेपुटी प्रवक्ता भइन्।

    सन् १९९० मै जर्मन डेमोक्र्याटिक रिपब्लिक (पूर्वी जर्मन) र फेडरल रिपब्लिक अफ जर्मनी (पश्चिमी जर्मन) आपसमा गाभिएपछि मर्केल जर्मन संसदमा निर्वाचित भइन्।

    सन् १९९१ मा उनी पहिलोपटक मन्त्री भइन्। चान्सलर हेलमुट कोलको पालामा उनी महिला तथा युवा मन्त्री र तीन वर्षपछि वातावरण, प्रकृति संरक्षण तथा आणविक सुरक्षा मन्त्री भइन्।

    १९९८ को संघीय निर्वाचनमा उनको पार्टीले हार बेहोर्‍यो। पछि उनी सिडियूकी महासचिव निर्वाचित भइन्, जो पार्टीमै पहिलो महिला थिइन्।

    उनको राजनैतिक यात्रा यसपछि लगातार दौडिरह्यो र सन् २००५ को संघीय चुनावमा उनले राष्ट्र प्रमुखको पद हासिल गरिन्। उनी जर्मनीकी पहिलो महिला चान्सलर हुन्।

    सन् २००९ मा उनको पार्टी पुनः निवार्चित भयो। योबेला उनको पार्टीले पहिलेको तुलनामा धेरै सिट जितेको थियो। सन् २०१३ को निर्वाचनमा भने सिडियु–सिएसयु विजयी भए पनि एसपिडिसँग उसले सत्ता साझेदारी गरेको थियो। यही एसपिडिले अहिले हारेपछि विपक्षी बन्ने भएको हो।

    (अन्तर्राष्ट्रिय समाचारमाध्यमको सहयोगमा)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij