शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दसैं नजिकिदै गर्दा यामाहाले सुरु गर्यो यस्तो अभियान

  • प्रकाशित मिति : सोमवार, अशोज ९, २०७४



  • नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैंको अवसरमा आफ्ना ग्राहकहरुलाई लक्षित गरेर ‘दसैं मनाऔं यामाहासँग’ नामको अभियान सुरु गरेको छ।

    यो अभियानअन्तर्गत यामाहाले दसैं एक्सचेन्ज मेला, र ‘क्यास–इन–ओ’ संचालन गरिरहेको हो।
    एमएडब्लुले ८ गते देखी सुरु गरेको दसैं एक्सचेन्ज भक्तपुर, चाहविल, नैकाप, टेकु, मिर्चैया, तमघास र प्युठानमा १० गतेसम्म चल्नेछ।

    त्यसैगरी, ९ र १० गते धनुषा र ९, १० र ११ मा जनकपुरमा एक्सचेन्ज क्याम्पको आयोजना भइरहेको कम्पनीले जनाएको छ।

    एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटरको कम्तीमा २५ हजार पाउनेछन्। त्यस्तै यहाँ नयाँ बाइकको खरिदमा ‘स्पट फाइनान्सिङ’को व्यवस्था पनि हुने बताइएको छ।

    यो योजना अन्तर्गत कुनै पनि ब्रान्डको जस्तोसुकै अवस्थामा रहेको पुरानो मोटरसाइकल र स्कुटरको न्युनतम २५ हजार मूल्यांकन पाइनेछ। यसका लागि ग्राहकले आफ्नो पुरानो मोटरसाइकलको बिलबुक उपलब्ध गराउनुपर्नेछ। यो योजना यामाहाका ३४ सोरुममा यो योजना संचालन भइरहेको छ ।

    त्यसैगरि यामाहाले आफ्नो दसैं अफर ‘क्यास–इन–ओ’लाई पनि जारी राखेको छ । यो योजनामा यामाहा मोटरसाइकल वा स्कुटरको खरिदमा ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ नगद छुट पाउनेछन । साथै,ग्राहकले साप्ताहिक रुपमा हुने लक्की ड्रमा एक लाख रुपैयाँ पुरस्कार जित्न सक्नेछन्। यसका अलावा, यामाहाका ग्राहकले बम्पर पुरस्कारका रुपमा युरोपमै चर्चित कार स्कोडा ¥यापिड जित्न सक्नेछन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij