आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकाले नै युद्ध गर्न लल्कारेको होः उत्तर कोरिया

  • प्रकाशित मिति : मङ्लबार, अशोज १०, २०७४



  • उत्तर कोरियाका विदेशमन्त्री री योङ–होले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि युद्ध गर्न लल्कारेको आरोप लगाएका छन्। योङले अमेरिकी हमलाकारीहरु ‘खतम गर्ने’ अधिकार आफूसँग भएको पनि बताएका छन्।

    ‘अमेरिकी हमलाकारीहरु उत्तर कोरिया छेउछाउ नभए पनि हामी उनीहरुलाई खतम गर्न सक्छौं,’ बिबिसीमा उल्लेख भएअनुसार योङले भने, ‘संसारले यो बुझ्न जरुरी छ, युद्ध घोषणा अमेरिकाले पहिले गरेको थियो।’

    अमेरिकाले संयुक्त राष्ट्र संघको पहलमा उत्तर कोरियामाथि नयाँ नाकाबन्दी लगाएपछि दुई देशबीच बढेको तनाव सेलाएको छैन। पछिल्ला केही दिन अमेरिका र उत्तर एकअर्कामाथि मौखिक आक्रमण गरिरहेका छन्।

    मौखिक आक्रमण गम्भीर लागेपनि दुई देश युद्धमै उत्रने सम्भावना भने कम रहेको विश्लेषकहरुको भनाइ छ।
    योङको भनाइमा ट्रम्पले प्रतिक्रिया दिदैं आफ्नो ट्वीटमा भनेका छन्, ‘यदि उनी (योङ) पनि सानो रकेट मान्छे (उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन) को सुरमा सुर मिलाउँछन् भने, उनी धेरै दिन टिक्दैनन्।’

    संयुक्त राष्ट्र संघको बारम्बर चेतावनी र विश्व समुदायको आग्रह बावजुद उत्तरले क्षेप्यास्त्र परीक्षण गरिरहेको छ।

    ती आणविक र परमाणु हतियार आफ्नो सुरक्षाका निम्ति मात्र भएको उत्तरले बताउँदै आएको छ। उत्तरको भनाइमा यी हतियार तब प्रयोग गरिनेछ जब उसको ताकतविरुद्ध कोही उभिन्छ र बर्वाद गर्ने नियत राख्छ।

    ट्रम्प र किम जोङले निरन्तर एकअर्कालाई धम्की र चेतावनी दिने क्रम जारी छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij