आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इराकमा स्वतन्त्र कुर्दिस्तानका पक्षमा ९२ प्रतिशत मत

  • प्रकाशित मिति : बिहिबार, अशोज १२, २०७४



  • काठमाडौं, असोज १२ । इराकको उत्तरी क्षेत्रमा गराइएको विवादास्पद जनमत संग्रहमा स्वतन्त्र कुर्दिस्तान बनाउनुपर्ने पक्षमा ९२ प्रतिशत मत परेको छ ।

    मतदान गर्ने ३३ लाख मतदाताको ९२ प्रतिशतले अलग राज्य हुनुपर्ने पक्षमा मत दिएका हुन् । जसमा कुर्द र गैर कुर्द दुबै रहेको जनाइएको छ ।

    इराकी प्रधानमन्त्री हैदर अल अबादीले जनमत संग्रहको नतीजा रद्द गर्न अपील गरेपनि परिणाम सार्वजनिक गरिएको हो । इराकी सरकारको विरोध हुँदाहुँदै पनि त्यस क्षेत्रमा मतदान गराइएको थियो ।

    आबादीले कुर्दहरुलाई संवैधानिक मार्गबाट इराक सरकारसँग छलफमा बस्न पनि आग्रह गर्नुभएको छ ।

    कुर्द नेताहरुले भने जनमत संग्रहको परिणाम र भावनाअनुसार नै बग्दाद सरकार र छिमेकीहरुसँग वार्ता अघि बढाइने बताएका छन् ।

    जनमत संग्रह इराकको कुर्दिस्तान क्षेत्रको तीन राज्य र त्यसबाहेक केही कुर्द बहुल क्षेत्रमा गराइएको थियो ।

    ३३ लाख मध्ये २८ लाख ६१ हजार पक्ष र २४ हजार विपक्षमा मत परेको जनाइएको छ ।

    इराक र अन्तर्राष्ट्रिय समुदायले यो जनमत संग्रहको भने विरोध गरेका छन् ।

    यता, इराकी संसदले भने प्रधानमन्त्रीलाई तेल बहुल किरकुक र कुर्द सैनिक नियन्त्रित क्षेत्रमा सेना तैनाथ गर्न आदेश दिएको छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij