आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मुम्बई रेल स्टेसनमा भागदौड, २२ को मृत्यु, ३० घाइते

  • प्रकाशित मिति : शुक्रबार, अशोज १३, २०७४



  • मुम्बईको एक रेल स्टेसन जोड्ने पुलमा भागदौड हुँदा २२ जनाको मृत्यु भएको छ।

    एल्फिंस्टन र परेलको स्थानीय रेल स्टेसन जोड्ने पुलमा भागदौड मच्चिएको र हालसम्म कम्तीमा २२ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।

    २२ जनाको मृत्यु भएको र अन्य ३० जना घाइते भएका किङ एडवर्ड मेमोरियल अस्पतलाका डाक्टर प्रविण बांगडले पुष्टि गरेका पनि बिबिसीमा उल्लेख छ।

    पश्चिमी रेलवेका पब्लिक रिलेसन अफिसरका अनुसार एल्फिंस्टन सडक छेउको ‘फुटओभर’ पुलमा शुक्रबार बिहान साढे १० बजे भागदौड भएको हो।

    ठूलो पानी परेकाले पानीबाट जोगिन मान्छेहरु रेलमाथि चढ्न थालेपछि पुलमा भिड बढेको रेलवे प्रवक्ता अनिल सक्सेनाले बताएका छन्। तर, भागदौडको खास कारण भने पत्ता नलागेको र यसबारे जाँच हुने उनले बताएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij