आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रुसमा राष्ट्रपति पुटिनको जन्म दिनमा विरोध प्रदर्शन

  • प्रकाशित मिति : आइतवार, अशोज २२, २०७४



  • काठमाडौं, असोज २२ । रुसमा राष्ट्रपति भ्लादिमीर पुटिनको जन्म दिनका दिन विरोध प्रदर्शन गरिएको छ ।

    रुसका ८० शहरमा भएका विरोध प्रदर्शनबाट विपक्षी नेता एलेक्सेइ नभाल्नीका २५० भन्दा बढी समर्थक गिरफ्तार गरिएका छन् ।

    नभाल्नीलाई सन् २०१८ को राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न दिनुपर्ने माग प्रदर्शनकारीले राखेका छन् ।

    विरोध प्रदर्शनको मूख्य थलो सेन्ट पीटर्सबर्गमा झडप हुँदा दर्जनौं गिरफ्तार गरिएको बताइएको छ ।

    राष्ट्रपति भ्लादिमिर पुटिनको ६५औं जन्मदिनका अवसरमा विरोध र्‍याली निकालिएको हो ।

    विपक्षी नेता नभाल्नीलाई सार्वजनिक बैठक गर्दा मान्नुपर्ने नियम उल्लंघन गरेको भन्दै बीस दिनका लागि जेलमा राखिएको छ ।

    रुसी निर्वाचन अधिकारीहरु नभाल्नीको अर्को निलम्बित जेल सजायकै मार्च महिनामा हुने निर्वाचनमा नमाल्नी उम्मेदवार बन्न नपाउने बताइरहेका छन् ।

    पछिल्ला महिनाहरुमा रुसभर यात्रा गर्दै चुनावी अभियान चलाउँदै आएका नभाल्नीले पुटिनको गृह नगर सेन्ट पीटर्सबर्गमा हुने र्‍यालीलाई संबोधन गर्ने कार्यक्रम थियो ।

    रुसको दोस्रो ठूलो शहर सेन्ट पीटर्सबर्गको प्रदर्शनीमा करुबि तीन हजार सहभागी रहेको र धेरैले ‘नभाल्नी २०१८’ लेखिएका ब्यानर बोकेका थिए । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij