मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

गगन थापाको अगुवाइमा तयार स्वास्थ्य बीमा विद्येयक संसदबाट पारित

  • प्रकाशित मिति : बुधबार, अशोज २५, २०७४



  • काठमाडौं, असोज २५ । सवै नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच हुने व्यवस्था सहितको स्वास्थ्य बीमा विद्येयक २०७४ संसदबाट पारित भएको छ ।

    तत्कालिन स्वास्थ्य मन्त्री गगनकुमार थापाले तयार पारी संसदमा दर्ता गरेको विद्येयक पारित भएको हो ।

    एमालेको अवरोधका कारण तत्कालिन मन्त्री थापाले संसदमा पेस गर्न नपाएको विद्येयक केही हप्ता अगाडी स्वास्थ्य मन्त्री गिरिराजमणी पोख्रेलले पेश गरेका छन् ।

    उनले विद्येयक बनाउन सहयोग गर्ने सवैलाई धन्यबाद दिदै सांसदहरुले दिएको सुझावलाइ समेट्दै लैजाने आश्वासन दिए ।

    संसदले पास गरेको ऐन राष्ट्रपतिले लालमोहर लगाएपछि कार्यान्वयनमा आउने छ ।

    ‘स्वास्थ्य बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७४’ लाई अन्तिम रुप दिन तत्कालिन मन्त्री थापाले निकै धेरै मेहेनत गरेका थिए ।

    पुर्वमन्त्री थापाले आफूले सवैभन्दा धेरै प्राथमिकतामा राखेको विषय भएकाले बीमा ऐन पारित भएकोमा ठुलो आत्मसन्तुष्टी भएको बताएका छन् ।

    विद्येयक माथि संसदमा भएको छलफलमा बोल्दै उनले स्वास्थ्य विमा ऐन कार्यान्वयन भएपछि आर्थिक अभावकै कारण कसैले स्वास्थ्य सेवाबाट बन्चीत हुन नपर्ने बताए ।

    आयका आधारमा प्रिमियरको योगदान गर्ने र तिर्न नसक्नेको सरकारले तिरिदिने व्यवस्था भएकाले स्वास्थ्य सेवामा सवै नागरिकको पहुँच पुग्ने उनको भनाई छ ।

    तर ऐन बनाएर मात्रै नहुने भएकाले ऐनको कार्यान्वयन अवको चुनौतीको सांसद थापाले बताए ।

    औषधी सस्तो बनाउनु पर्ने तर्फ ध्यानाकर्ष गराउदै उाले औषधी सस्तो गराउन नसकिए विमा ऐन लागु भएपनि नागरिकले राहत महशुस गर्न नसक्ने बताए ।

    पूर्वस्वास्थ्य मन्त्री थापाले चार महिनामा आफुले तयार पारेको विद्येयक अहिले केही संशोधन सहित पारित भएपछि स्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलव्धी भएको बताए ।

    उक्त विधेयकमा स्वास्थ्य बीमामा आवद्ध हुन प्रत्येक परिवारलाई इकाइका रुपमा मानिने र परिवारका सबै सदस्य स्वास्थ्य बीमामा अनिवार्य आवद्ध हुनु पर्ने व्यवस्था छ ।

    बीमामा आवद्ध हुनका लागि निश्चित रकम (प्रिमियम) तिर्नुपर्ने हुन्छ। उक्त रकम पारिवारिक इकाइका आधारमा लिइने छ ।

    तर, गरिबीको रेखामुनी रहेका र प्रिमियम तिर्न नसक्ने परिवारका हकमा सरकार आफैंले रकम तिरिदिने व्यवस्था राखिएको छ ।

    प्रिमियमा रकम कति तिर्ने भन्ने विषयमा भने नियमावली बनाएर पछि स्पष्ट पारिने भएको छ । निशुल्क कार्यक्रमलाई पनि क्रमश बीमामा समावेश गर्दै जाने व्यवस्था पनि विधेयकमा राखिएको छ ।

    विधेयक अनुसार नवजात शिशु, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्तलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्नु निजको संरक्षक तथा अभिभावकको कर्तव्य हुनेछ ।

    यस्तै वृद्घाश्रम, अनाथालय, बाल सुधार गृह लगायतका संस्थाहरूमा आश्रित व्यक्तिलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्नु त्यस्तो संस्थाको व्यवस्थापकको कर्तव्य हुने, राष्ट्र सेवक मानिने व्यक्ति तथा बैदेशिक रोजगारीमा जाने कामदारको परिवारले स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनु पर्ने व्यवस्था पनि ऐनमा गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij