आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सबैभन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश चीन, वर्षमा ३३ लाख टन उत्पादन

  • प्रकाशित मिति : शुक्रबार, अशोज २७, २०७४



  • तियानजीन, असोज २७ । अमेरिकालाई समेत जितेर चीन विश्वकै सबैभन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश बनेको छ ।

    उत्तरी चीनको तियानजीन सहरमा चलेको एउटा औद्योगिक प्रदर्शनीमा हालैमात्र यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।

    गत सन् २०१६ मा चीनको मुख्य आइसक्रिम उत्पादन गर्ने कारखानाबाट ३३ लाख टन आइसक्रिम उत्पादन गरेको यस सम्बन्धी संस्था ‘चाइना एसोसिएसन अफ बेकरी एन्ड कन्फेक्सनरी इन्डस्ट्री’का प्रवक्ताले जानकारी दिएका छन् ।

    उनले गतवर्ष चीनले अमेरिकाले भन्दा धेरै आइसक्रिम उत्पादन गरेको दाबी गरे ।

    २० वर्ष अगाडी चीनमा हरेक व्यक्तिलाई एक लिटर आइसक्रिम पुग्थ्यो भने सन् २०१६ मा त्यो मात्रा बढेर तीन लिटरमा पुगेको छ ।

    ‘अन्य विकसित देशको तुलनामा चीनमा आइसक्रिम उत्पादन गर्ने उद्योगहरू नयाँ नै छन्, त्यसैगरी, घरघरमा पनि ठूलो मात्रामा उत्पादन हुन्छ,’ उद्योगीहरूको एसोसिएसनका निर्देशक झु निअन्लीनले भने ।

    यस वर्षमात्रै चीनले ४०० ओटा आइसक्रिम प्रदर्शनी सन्चालन गरेको छ । (रासस/सिन्ह्वा)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij