आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सोमालियामा शृङ्खलाबद्ध विस्फोट, ३० जनाको मृत्यु, एक सयभन्दा बढी घाइते

  • प्रकाशित मिति : आइतवार, अशोज २९, २०७४



  • काठमाडौं, असोज २९ । सोमालियाको मोगादिसुमा भएका शृङ्खलाबद्ध विस्फोटमा परेर कम्तिमा ३० जनाको मृत्यु भएको छ ।

    मोगादिसुस्थित एक होटलको प्रवेशद्वारमा पहिलो बिस्फोट भएको थियो भने दोस्रो बिस्फोट मोगादिसुकै भीडभाड इलाकामा भएको हो ।

    बिस्फोटमा सय भन्दा बढी घाइते भएका छन् । घाइते केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

    बिस्फोटक पदार्थले भरिएको ट्रक भीडभाडमा चलाइँदा बिस्फोट भएको अधिकारीहरुले बताएका छन् ।

    घटनाको जिम्मेवारी कसैले लिएको छैन । बिस्फोटका कारण होटेल पूर्ण रुपमा ध्वस्त भएको छ भने बिस्फोटले बजारका पसलहरुमा पनि ठूलो क्षति पुगेको छ ।(एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij