आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अफगानिस्तानमा आक्राण ५० को मृत्यु

  • प्रकाशित मिति : शनिबार, कार्तिक ४, २०७४



  • अफगानिस्तान स्थित दुइवटा शिया मस्जिदमा भएको आत्मघाती बम हमलामा कम से कम ५० जनाको मृत्यु भएको छ। आक्रमणमा परि करिव ७० जना घाइते भएको स्थानिय संचारमाध्यमहरुले बताएका छन। पहिलो बम हमला पश्चिमी काबुलमा भएको थियो भने दोश्रो हमला घोर को मध्य प्रांतमा भएको थियो।

    पहिलो आत्मघाती बम हमला पश्चिमी काबुल स्थित एक शिया मस्जिदमा भएको बताइएको छ। उक्त पहिलो हमलामा  करिव ३० जनाको मृत्यु भएको छ। उक्त पहिलो आक्रमणमा ४५ जना घाइते भएको अफगानिस्तानको गृह मंत्रालयले जनाएको छ।

    जनरल अलीमस्त मोमांदले बताए अनुसार आक्रमणकारी पैदल आएका थिए दश्ती बर्च इलाकामा पुग्ने बित्तीकै आत्मघाती बम बिष्फोट गराएका थिए।

    हमलामा कुनै पनि आतंककारी संगठन संलग्नता नरहको सरकारी अधिकारीहरुले बताएका छन। त्यस्तै घोरको मध्य प्रांतमा भएको दोश्रो हमलामा अन्य २० जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन। ‘एक स्थानिय नेतालाइ टारगेट बनाएर आक्रमण गरिएको संका हामीले गरेका छौ।’ प्रांतका पुलिस प्रवक्ता इकबाल नाजमीले बताएका छन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij