आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जापानमा आज संसदीय निर्वाचन

  • प्रकाशित मिति : आइतवार, कार्तिक ५, २०७४



  • टोकियो, कात्तिक ५ । जापानमा आज संसदीय निर्वाचन हुँदैछ । प्रधानमन्त्री सिन्जो आबेले एक महिनाअघि संसद् विघटन गर्दै मतदानका लागि आजको मिति तोकेका थिए ।

    संसदको अवधि एक वर्ष बाँकी छँदै प्रधानमन्त्री आबेले संसदको तल्लो सदन विघटन गरेका थिए ।

    उत्तर कोरियाले लगातार गरिरहेको परमाणु परीक्षण र त्यसले जापानमा परेको चुनौतीलाई जोडेर आबेले चुनाव घोषणा गरेका थिए । यो मौकामा चुनाव गराउँदा आफ्नो पार्टीलाई फाइदा हुने देखेर प्रधानमन्त्री आबेले संसद् भंग गरेका थिए ।

    आफ्नो दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले दुई तिहाई बहुमत ल्याउने अपेक्षा आबेले गरेका छन् । दुई तिहाई सीट जितेर संविधान संशोधन गर्ने र रक्षासम्बन्धमा निर्णयाधिकार आफ्नै देशमा राख्ने चाहना आबेको छ ।

    उत्तर कोरियासँग भएको पछिल्लो तनावमा राष्ट्रका पक्षमा बलियो अडान राखेकोमा आबेप्रति जनलहर बलियो देखिएको छ । यही मौकाको सदुपयोग गर्न उनले चुनाव घोषणा गरेका थिए ।

    ताजा मत सर्वेक्षणहरुमा पनि उनको दल लिबरल डेमोक्रेटिक पार्टी अरुको तुलनामा निकै अघि देखिएको जनाइएको छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij