सम्बोधनका क्रममा उनले भने, ‘मैले निर्वाचन अघि नै प्रतिबद्धता व्यक्त गरिसकेको थिएँ कि जापानले अब कुटनीतिक रूपमा स्पष्ट धारणा बनाएर उत्तर कोरियासामू सम्बन्ध निर्धारण गर्छ। अब हामी त्यसतर्फ अघि बढिसकेका छौँ।’ उनले थपे, ‘अब जापान उत्तर कोरियाको गतिविधि हेरेर मात्र बस्न सक्दैन। तसर्थ प्योङयाङबाट जापानले भोगिरहेको समस्याको तत्काल समाधान गरिने छ।’
अबे आबद्ध लिबेरल डेमोक्रेटिक पार्टीले सोमबार बिहानसम्मको गणनामा कुल ४६५ सीटमा २८३ सीट कब्जा गरिसकेको छ। यो सङ्ख्या जापानी संसदमा स्पष्ट बहुमत प्राप्त मत हो।