प्रकाशित मिति : बुधबार, कार्तिक ८, २०७४
चिनियाँ कम्युनिष्ट पार्टी १९ औं सम्मेलनले नयाँ नेतृत्व छानेको छ।
सम्मेलनले आगामी पाँच वर्षका लागि राष्ट्रपति सी चिनफिङसहित सात शीर्ष नेता छानेको हो। सात शीर्ष नेतामध्ये गत साउनमा नेपाल भ्रमण गरेका उपप्रधानमन्त्री वाङ याङ पनि परेका छन्।
६२ वर्षीय वाङ साउन ३० गते १८ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै नेपाल आएका थिए। ६२ वर्षीय वाङ साउन ३० गते १८ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै नेपाल आएका थिए।
नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए याङ र तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बसन्तपुर दरबार क्षेत्रस्थित नौंतले दरबार पुनर्निर्माणको संयुक्त शिलान्यास गरेका थिए।
सात शीर्ष नेतामा परेका याङ चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक सल्लाहकार परिषद्को अध्यक्ष हुने सञ्चारमाध्यमहरुले जनाएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij