मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

प्रधानमन्त्री देउवाले भने : ‘लोकतन्त्रवादी शक्तिहरु एक ठाउँमा उभियौं’

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ९, २०७४



  • काठमाडौं, कात्तिक ९ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रवादी शक्तिहरुलाई एक ठाउँमा उभिन आह्वान गरेका छन् ।

    राष्ट्रिय समाचार समितिको भवनको आज काठमाडौंमा शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले निर्वाचन गरेर लोकतन्त्रलाई संस्थागत गर्न प्रजातन्त्रवादी शक्तिहरु एक ठाउँमा उभिनुको विकल्प नभएको बताएका हुन् ।

    उनले आफूले सबै लोकतन्त्रवादी शक्तिलाई एक ठाउँमा उभ्याउने प्रयास गरिरहेको जानकारी दिए ।

    प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयन गर्दै लोकतन्त्रलाई संस्थागत गर्ने बाटोमा लाग्न आह्वान गरे ।

    उनले संविधान कार्यान्वयन गर्न निर्वाचन आवश्यक भएकाले समयमै निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

    निर्वाचनमा सहभागी भएर लोकतन्त्रलाई बलियो बनाउन उनको आग्रह थियो ।

    प्रधानमन्त्री देउवाले निर्वाचनको आवश्यक तयारी पुरा भएको भन्दै निर्धक्क भएर सहभागि हुन पनि सबै मतदातालाई अपील गरे ।

    कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले सरकारी समाचार संस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

    प्रधानमन्त्री देउवाले शिलान्यास गरेको भवन १२ करोड ५० लाख रुपैयाँको लागतमा २ वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य राखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij