आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेपछि क्याटलोनियाको संसद र सरकार भंग

  • प्रकाशित मिति : शनिबार, कार्तिक ११, २०७४



  • काठमाडौं, कात्तिक ११ । स्पेनका प्रधानमन्त्री मारियानो राखोईले क्याटलोनियाको संसद भंग गरेका छन् ।

    प्रधानमन्त्री राखोईले क्याटलोनियाका नेता कार्लोस पुजिमोन्ट र उनको मन्त्रिपरिषद्लाई समेत बर्खास्त गरेका छन् ।

    क्याटलोनियाको क्षेत्रीय संसद्ले स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेपछि प्रधानमन्त्री राखोइले त्यहाँको संसद् र सरकार भंग गरेका हुन । उनले क्याटलोलियाका प्रहरी प्रमुखलाई समेत बर्खास्त गरेका छन् ।

    प्रधानमन्त्री राखोइले क्याटलोनियामा मध्यावधी निर्वाचन गराएर त्यहाँको स्थिति सामान्य बनाउन तत्काल केन्द्रीय शासन लागू गरेका हुन् ।

    अब क्याटलोनियामा आगामी डिसेम्बर २१ मा चुनाव हुने छ । प्रधानमन्त्री राखोइले चुनाव स्वतन्त्र र निष्पक्ष गराइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    निर्वाचनपछि क्याटलोनियामा विधिको शासन स्थापना हुने विश्वास प्रधानमन्त्रीले राखेका छन् ।

    राखोईले अर्को कुनै विकल्प नै नभएकाले क्याटलोनियामा ‘कानुन, प्रजातन्त्र र स्थायित्व’ फर्काउन आफूले कडा कदम चाल्नु परेको बताए ।

    यसअघि क्याटलोनियाको क्षेत्रीय संसद्ले स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेको थियो । संसद्मा भएको गोप्य मतदानलाई एकताका पक्षधरहरुले बहिष्कार गरेका थिए ।

    १३५ सदस्यीय संसद्मा प्रस्तावको पक्षमा ७० र विपक्षमा १० मत परेको थियो । दुई जना सदस्यले मतदानमा भाग लिएका थिएनन् भने विपक्षी केही सांसदले मतदान बहिस्कार गरेका थिए ।

    सो मतपरिणाम सुनेर क्षेत्रीय संसद् भवन बाहिर भेला भएका स्वतन्त्रता पक्षधर समूहले खुशी व्यक्त गरेका थिए ।

    क्याटलोनियाको संसद्ले मतदान गरेको उक्त प्रस्तावमा स्पेनबाट कानुनी अधिकारहरु स्वतन्त्र क्याटलोनियामा फर्काउने उल्लेख छ ।

    स्पेनबाट स्वतन्त्र हुने पक्षमा क्याटलोनियाले अक्टोबर १ मा विवादास्पद जनमत संग्रह गरेको थियो । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij