आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरियामा आइफोन ८ को बुकिङ खुल्ला, ३० मिनेटमै ५० हजार सेट बुक

  • प्रकाशित मिति : शनिबार, कार्तिक ११, २०७४



  • कोरियामा नोभेम्बर ३ देखि लन्च हुँदै गरेको आइफोन एटको पूर्व बुकिङ खुल्ला भएको छ।

    कोरियाका तीन ठूला मोबाइल कम्पनि एसके टेलिकम, केटी तथा एल जी यु प्लस मार्फत गत शुक्रबारदेखि बुकिङ खुल्ला गरिएको हो।

    बुकिङ खुला गरिएको ३० मिनेटमै ५० हजार सेट बुक भइसकेको कोरिया टेलिकमले जनाएको छ। यद्दपी आइफोन सेभेनको तुलनामा एटको पूर्व बुकिङ भने कम हो। आइफोन  सेभेनको बुकिङ खुला भएको १५ मिनेटमै उक्त परिमाणको सेट बुक भइसकेको थियो।

    अमेरिकाको क्यालिफोर्नियामा गत महिना पहिलो पटक लन्च भएको आइफोन एट तथा आइफोन एक्सले कोरियामा राम्रो बजार लिने अनुमान गरिए पनि  पूर्व बुकिङ भने अपेक्षाकृत हुन नसकेको बताइएको छ।

    ग्राहकहरू यसको लगत्तै बुकिङ खुल्लाहुँदै गरेको आइफोन एक्सको प्रतिक्षामा हुनसक्ने पनि अनुमान गरिएको छ। अमेरिकामा भने ग्राहकले आइफोन एक्सलाई बढी महत्व दिएका छन्।

    साइड कट मोडेल, ताररहित चार्जिंङ, फेसियल रिकोग्निसन सेन्सर आदि बिशेषता भएका  विभिन्न मोडेलका आइफोनको मूल्य पनि फरक फरक छ। हाललाई कोरियामा बुकिंङ खुला गरिएको आइफोन एट ६४ जिगावाइटको मूल्य ९ लाख ४६ हजार वोन अर्थात् ८ सय ३९ डलर कायम गरिएको छ भने   एट प्लस २ सय ५६ जीबीको मूल्य १२ लाख ८३ हजार ७ सय  वोन  छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij