आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

१५ वर्षअघि ‘अभद्र व्यवहार’को आरोप लागेका बेलायती रक्षामन्त्रीद्वारा राजीनामा

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १६, २०७४



  • बेलायत, कात्तिक १६ । १५ वर्षअघि एक महिला पत्रकारलाई ‘अभद्र व्यवहार’ गरेको आरोप लागेका बेलायती रक्षामन्त्री माइकल फालनले पदबाट राजीनामा दिएका छन् ।

    रक्षामन्त्री फालनले आकस्मिक रुपमा प्रधानमन्त्री टेरिजा मेसमक्ष राजीनामा बुझाएका हुन् । उनले राजीनामाको कारण भने खुलाएका छैनन् ।

    सन् २००२ मा कन्जरभेटिभ पार्टीको सम्मेलनका बेला एउटा रात्रीभोजमा पटक–पटक पत्रकार जुलिया हाट्र्ले ब्रिअरको घुँडा छोएको आरोप उनीमाथि थालेको थियो । तर, हालै उक्त प्रकरणबारे फेरि समाचारहरु आएपछि फालनमाथि दबाब बढेको थियो ।

    उनले मंगलबारमात्रै आफ्नो विगतको व्यवहारप्रति क्षमा मागेका थिए । उनले आफूमाथि लागेका धेरै आरोप गलत भए पनि आफूले नेतृत्व गरिरहेको सशस्त्र सेनाका लागि आवश्यक उच्च मापदन्डभन्दा तल गिरेको भने स्वीकार गरेका छन् ।

    उनले साढे तीन वर्षसम्म बेलायतको रक्षामन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । प्रधानमन्त्री मेले फालनले आफुविरुद्ध लागेका आरोपलाई गम्भीर रुपमा लिँदै एउटा उदाहरण प्रस्तुत गर्न खोजेको भन्दै त्यसको प्रशंसा गरेकी छन् । एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij