शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

साउदी अरबमा सिकेको सीपले मासिक ५० हजार गाउँमै आम्दानी

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १६, २०७४



  • लमजुङ, कात्तिक १६ । रोजगारीका लागि साउदी अरेबियामा ९ वर्ष विताएर स्वदेश फर्किएका लमजुङको बेसीशहर नगरपालिका–५ टारगाउँका वीरबहादुर विकले त्यहाँ सिकेको शीपलाई आफ्नै करेसाबारीमा प्रयोगमा ल्याएका छन् ।

    ६१ बर्षीय वीरबहादुर र उनकी पत्नी चिजाले करेसावारीमै व्यावसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्न थालेका हुन् ।

    सात वर्षदेखि तरकारी खेती गर्दै आएका विक दम्पत्तीले विभिन्न जातका हरियो तरकारी फलाउने र बजार पुर्‍याएर बिक्री गर्ने गरेका छन् ।

    उनीहरुले काँक्रो, करेला, घिरौंला, लौका, बोडी, सिमी, गोलभेंडालगायतका तरकारी उत्पादन गरेका छन् । तरकारी बिक्रीबाट मासिक ५० देखि ६० हजारसम्म आम्दानी हुनेगरेको विकले जानकारी दिए ।

    उनीहरुलाई जिल्ला कृषि विकास कार्यालयले ४० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।

    यस्तै वल्र्ड भिजन लमजुङ एडिपी र आरसीडिसी नामक गैरसरकारी संस्थालेसमेत बिउबिजनमा सहयोग गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij