मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

उम्मेदवारी फिर्ता लिने समय १ बजेसम्म, दलहरूलाई बागीको चिन्ता

  • प्रकाशित मिति : आइतवार, कार्तिक १९, २०७४



  • दोश्रो चरणमा उम्मेदवारी दिएकाले आज १ बजेसम्म उम्मेदवारी फिर्ता लिने सक्ने भएका छन्। आइतबार १ बजेसम्ममा मनोयन दर्ता फिर्ता लिन सकिने निर्वाचन कार्यतालिका  छ।

    दलैपिच्छे असन्तुष्टहरुले आफ्नै पार्टीका नेताविरुद्ध बागी उम्मेदवारी दिएका छन्।  बागी उम्मेदवारलाई निर्वाचनको प्रतिष्पर्धामा रोक्न नसक्नु  दलहरूको टाउको दुखाइको विषय बनेको छ।

    दाङमा एमाले प्रवेश गरेर टिकट नपाएपछि कोमल वली बागी उठेकी छिन्। एमालेका पोलिटब्यूरो सदस्य जगन्नाथ खतिवडा माओवादी केन्द्रले टिकट पाएपछि उदयपुर- २ बागी छन्।

    यद्यपी उनले आफू आधिकारिक भएको बतउँदै आएका छन्। एमाले कार्यालय सचिव समेत रहेका कृष्णगोपाल श्रेष्ठले बागी धेरै ठाउँमा भए पनि फिर्ता हुने बताए।

    ‘काठमाडौंकै २, ६,७ र १० मा बागी छ’, श्रेष्ठले भने, ‘१० मा उठेको साथीले फिर्ता लिन्छु भन्नुभयो।’

    क्षेत्र नम्बर १० एमालेले माओवादी केन्द्रलाई छाडेको छ।

    उनले बागीहरुले अहिले फिर्ता नलिएपनि पछि पत्रकार सम्मेलन गरेर एमालेमै समर्थन र गठबन्धनको पक्षमा समर्थन गर्ने दाबी गरे।

    एमालेको अनुशासन आयोगले बागी फिर्ता नभए कारवाहीको चेतावनी दिइसकेको छ। माओवादी केन्द्रमा पनि बागी उम्मेद्वारी परेका छन्।

    सिन्धुली २ मा हरिबोल गजुरेलविरुद्ध केन्द्रीय सदस्य रामकुमार पौडेल बागी छन्। सल्यानमा माओवादी केन्द्रका टेकबहादुर बस्नेत विरुद्ध पोलिटब्युरो सदस्य उमाकान्त शर्मा बागी छन्।

    कांग्रेस नेता रामचन्द्र पौडेल विरुद्ध गोविन्दराज जोशीको बागी उम्मेद्वारी भने उजुरीबाट हटिसकेको छ। तर कास्कीमा प्रदेश सभामा कांग्रेसको बागी उम्मेद्वार छन्।

    दलहरुलाई यहि दुई घण्टा भित्र बागी फिर्ता गराएर आफ्ना आधिकारिक उम्मेद्वारको पक्षमा समर्थन जुटाउने चुनौती छ।

    निर्वाचन कार्यतालिका अनुसार उम्मेद्वारी फिर्ता लगत्तै आजै उम्मेद्वारको अन्तिम नामावली निर्वाचन कार्यालयहरुले प्रकाशित गरेका छन्।

    आजै स्वतन्त्र उम्मेद्वारहरुले निर्वाचन अधिकृतको कार्यालयबाट चिन्ह प्राप्त गर्नेछन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij