प्रकाशित मिति : आइतवार, कार्तिक १९, २०७४
मधु पौडेल , बाँके । अग्रगामि महिला बचत तथा ऋण सहकारी संस्था मनिकापुर बाकेले विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै आफ्नो ५ औ वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ । संस्थाका सभापति उसा थापा भण्डारीको सभापतित्वमा सम्पन्न सो साधारण सभामा विभिन्न शिर्षकमा चार असल ऋणी, दुई समुह,तथा नव निर्वाचित मनिकापुर जनप्रतिनिधि कृष्ण कार्की , सदस्य तुल्सी विक , नन्द कुमार वर्मा लगाएतलाई सम्मान गरीएको थियो । सम्मान हुने चार असल ऋणीहरुमा सुधा विश्वकर्मा, विन्दु डागी, रुद्रमाया रेग्मी, इन्द्र थापा रहनु भएको छ । 
समुहमा महिला जार्गती समुह मनिकारपुर,पशुपति महिला समुह मनिकापुर सम्मानित भएका थिए । सम्मानित हुनेहरुलाई उपहार तथा मायाको चिनो प्रदान गरीएको संस्थाका सभापति भण्डारीले जनाकारी गराउनु भयो । साधारण सभाले चट्याङ पिडित बालिका लक्ष्मी रावतलाई कक्षा १० सम्मको पढाई खर्च सम्र्पुण संस्थाले व्यवस्थापन गर्ने घोषणा गरेको अध्यक्ष भण्डारीले बताउनु भयो ।
साधारण सभाको अवसरमा प्रमुख अतिथिमा जिल्ला बचत तथा ऋण सहकारी संस्था बाके अध्यक्ष विनोद शाह, जिल्ला सहकारी संघ बाके का नवराज उपाध्यय, मनिकापुर वडा न २० का अध्यक्ष कृष्ण कार्की ,कारकादो खानेपानी संस्थाका अध्यक्ष सोम बहादुर थापा ,दुग्ध गोरस उत्पादन सहकारी मनिकपुरका प्रतिनिधि नविन रेग्मी लगाएको उपस्थिति रहेको थियो ।
सभामा आर्थिक प्रतिवेदन लेखा समिति संयोजक शान्ति ढकालले गर्नु भएको थियो , संस्थाका सचिव दुर्गा खत्रीले प्रगति विवरण गर्नु भएको संस्थाका कोषाध्यक्ष जुना देवी कडेलले जनकारी गराउनु भयो । कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थपक गोमा गौतमले गर्नु भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij