शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पोखरामा नवनिर्मित भलिबल ट्रेनिङ र मिडिया सेन्टर खुल्ला

  • प्रकाशित मिति : सोमवार, कार्तिक २०, २०७४



  • पोखरा, कात्तिक २० । पोखरा रंगशालाको हातामा नवनिर्मित भलिबल ट्रेनिङ सेन्टर र मिडिया सेन्टर आजबाट खुल्ला गरिएको छ ।

    राष्ट्रिय खेलकुद परिषद्को रु ९५ लाख र पोखरा– लेखनाथ महानगरपालिकाको रु दुई लाख समेत रु ९७ लाखको लागतमा निर्माण गरिएको सो सेन्टरको शुभारम्भ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले गरे ।

    परिषद्को रु १८ लाख ९० हजारको लागतमा निर्माण गरिएको मिडिया सेन्टरमा १० वटा कम्प्युटर, दुई थान ल्यापटप, प्रिन्टर, फोटोकपी र द्रूत गतिको इन्टरनेट सेवा जडान गरिएको छ ।

    सन् २०१९ मा नेपालमा आयोजना गरिने १३ औँं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा यहाँ विभिन्न ६ वटा खेल हुने र ती खेलको समाचार संकलनमा सो सेन्टरले सञ्चारकर्मीलाई सहज हुने बताइएको छ ।

    सदस्य–सचिव विष्टले डेढ वर्षभित्र पोखरा रंगशाला अन्तर्राष्ट्रियस्तरको नमुना रंगशाला हुने विश्वास व्यक्त गरे ।

    यस रंगशाला देशकै धेरै पूर्वाधार भएको रंगशाला भएको चर्चा गर्दै उनले अब एक/दुई दिनभित्रमा एघार करोडको डोम कभर्डहल निर्माण गर्न बोलपत्र आह्वान गरिने र एक अर्बको लागतमा अत्याधुनिक प्याराफिटको फूटबल मैदान निर्माण गरिने पनि जानकारी गराए ।

    प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देशमा राजनीतिक स्थायित्व आउने र खेलकुदको क्षेत्रको विकासमा कायपलटनै हुने विचार व्यक्त गर्दै उनले खेलाडीलाई जीविकोपार्जनका लागि मासिक भत्ताको समेत व्यवस्था गर्न लागिएकाले खेलप्रति नेपाली युवायुवतीको आकर्षण बढ्ने विश्वास व्यक्त गरे ।

    युवा तथा खेलकुद मन्त्रीका सल्लाहकार विजय बस्नेतले १३ औं साग खेलकुद प्रतियोगिता तोकिएकै समयमा सम्पन्न गर्न बजेटको कमी हुन नदिइने उल्लेख गर्दै पोखरामा ६ भन्दा बढी खेल सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरे ।

    पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरालाई मोफसलको खेलकुदको राजधानी बनाउने गरी पूर्वाधार निर्माण भइरहेको जानकारी गराए । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij