शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पति–पत्नीबीच झगडापछि विमानको आपतकालीन अवतरण

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २१, २०७४



  • दिल्ली ।  कतार एयरवेजको दोहाबाट बाली जाने विमान एक दम्पतीवीचको झगडका कारण आपतकालीन अवतरण गराइएको छ । विमान भारतको चेन्नई विमानस्थलमा अवतरण गराइएको हो । इरानी जोडी छुट्टि मनाउन बाली जाँदै थिए ।

    उडानका बेला महिलाले आफ्नो पतिको मोवाइल हेरिन्, अनि थाहा भयो कि पतिका अरु कसैसँग प्रेमसम्बन्ध छ । रिसमा आएकी पत्नीले पतिसँग झगडा गर्न थालिन्, जसका कारण विमानको चेन्नईमा अवतरण गराउनुपर्यो ।

    यो दम्पती र उनका बच्चालाई चेन्नईमा छाडेर विमान बालीका लागि उडेको थियो । खासमा महिलाले सुतेका पतिको औला प्रयोग गरेर मोवाइल खोलिन र त्यहाँ भएका कुराकानी हेरिन् ।

    भारतीय पत्रिका हिन्दुस्तान टाइम्सलाई सरकारी अधिकारीहरुले भनेका छन कि, जोडीसँग बच्चा पनि थिए र यो जोडीलाई चेन्नईबाट फेरि दोहा पठायो किनभने उनीहरुसँग भारतीय भिसा थिएन् ।

    शुरुमा एयरवेजका कर्मचारीले ती महिलालाई शान्त गराउन कोशिष गरे । तर, पनि महिलाको रिस कम भएन । यो परिवार एक दिन चेन्नईमा बस्यो र त्यहाँबाट मलेशिया पठाइयो । कतार एयरवेजले नीजि मामला रहेको भन्दै यो विषयमा केही प्रतिक्रिया दिन मानेन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij