आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वातावरण प्रदुषण र वातावरण मैत्री विकासको अवस्थाको विषयक अन्तक्रिया कार्यक्रम

  • प्रकाशित मिति : बुधबार, कार्तिक २२, २०७४



  • मधु पौडेल , बाँके । भयमुक्त समाज भएमा विकास वातावरण तथा मानव अधिकार मैत्री हुने बुधबार नेपालगंजमा सम्पन्न एक कार्यक्रममा बताइएको छ । वातावरण प्रदुषण र वातावरण मैत्री विकासको अवस्थाको विषयक अन्तक्रिया कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका माननिय सदस्य सुदिप पाठकले उक्त कुरा बताउनु भएको हो । कार्यक्रमलाई सहजिकरण गर्दै सदस्य पाठकले विकास पनि मानव अधिकार भएको र सो विकासलाई वातावरण मैत्री बनाउनका लागि सबै जना लाग्नु पर्ने बताउनु भएको थियो ।

    सदस्य पाठकले वातावरण बचाउने हाम्रो काम भएको हुदाँ यसमा सबै सजक हुने पर्ने कुरामा जोड दिनु भएको थियो ।कार्यक्रममा कोहलपुर उपमहानगरपालिका उप प्रमुख सन्जु कुमारी चौधरी ,  जिल्ला समन्वय समिति बाके अजय श्रीवास्तव , बाके जिल्ला प्रशासन प्रमुख रमेश कुमार केसी , ससत्र प्रहरी का एसपी फणेन्द्रराज पौडेल , जिल्ला प्रहरी कार्यलय बाके प्रमुख टेक बहादुर राई, जिल्ला वन कार्यालयकाबाके प्रमुख पुष्पराज बतौला, नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लगाएत विभिन्न कानुनविद , विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु ,पत्रकारहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको विषय प्रवेशको क्रममा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय नेपालगंजका प्रमुख मुरारी खरेलले बाकेमा वातावरण प्रदुषणको अवस्थाका बारेमा स्पष्ट पार्नु भएको थियो । क्षेत्रिय प्रमुख खरेलले अवको विकास मानव अधिकारमुखी बाट गर्नु पर्ने बताउनु भयो ।

    उहाले नेपालगंजको फोहर व्यवस्थापन देखी लिएर यहाँका वातावरण प्रदुषणका तत्वहरुमा विषयमा सरोकार निकाय गम्भिर हुनु पर्ने कुरामा जोड दिनु भएको थियो ।  मानव अधिकार आयोग नेपाल की गिता कुमारी दाहालले कार्यक्रमको उदेश्य माथि प्रकास पार्ने भएको थियो । कार्यक्रममा नेपालगंज उद्योग वाणिज्य संका कार्णली डिस्लरि खाजुराका प्रतिनिधि , राष्ट्रिय निकुञ्ज बाके , औद्योगिक क्षेत्र बाकेका प्रतिनिधिहरुको समेतले आफुले बतावरण प्रदुषणका लागि गरीएका पहलहरुको बारेमा बताएको मानव अधिकार आयोगका सुचना अधिकार टंक खनालले जनकारी दिनु भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij