आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उत्तर कोरियाको मुद्धा समाधान गर्न चीनलाई राष्ट्रपति ट्रम्पको आग्रह

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २३, २०७४



  • बेइजिङ, कात्तिक २३। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको समस्या चाँडै समाधान गर्ने उपायका लागि चीनलाई आग्रह गरेका छन् ।

    हाल चीनको भ्रमणमा बेइजिङमा रहेका राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सि चिनफिङलाई उत्तर कोरियाको समस्या चाँडै समाधान गर्ने उपायका लागि अग्रह गरेका हुन् ।

    राष्ट्रपति ट्रम्पले भने, ‘चीनले उत्तर कोरियाको समस्या समाधानका लागि जतिसक्दो चाँडै अग्रसरता लिओस र कडा मेहनेतका साथ काम गरोस भन्ने अमेरिका चाहन्छ ।’ उनले समय छिटो–छिटो अघि बढिरहेको छ तर, उत्तर कोरिया भने आणविक संकट झन चर्काउँदै छ, त्यसैले समाधानको बाटो पनि चाँडै खोजिनुपर्दछ भने ।

    चिनियाँ राजधानी बेइजिङमा चीनका व्यापारिक प्रतिनिधिमन्डललाई सम्बोधनगर्दै उनले चीनलाई सो आग्रह गरेका हुन् । उनी बुधबार चीन पुगेका थिए । राष्ट्रपति ट्रम्पले सो सम्बोधनका क्रममा भने, ‘मैले तपाईंहरुका महान राष्ट्रपतिलाई यो भनिरहेको छु कि जतिसक्दो चाँडै कोरिया संकट समाधानको पहल होस् समय धेरै अघि बढिसकेको छ ।’

    बिहीबार राष्ट्रपति ट्रम्पले विभिन्न मन्चलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । उनले यहाँका नेता तथा उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    आफ्नो यस एसिया भ्रमणका क्रममा प्राय उत्तर कोरियाविरुद्धमा उनी निकै आक्रामक बन्दै आएका छन् । राष्ट्रपति ट्रम्पले बुधबारमात्र पनि दक्षिण कोरियाली संसदलाई सम्बोधन गर्दै उत्तर कोरियालाई क्रुर एवं तानाशाहको संज्ञा दिएका थिए ।

    उनले उत्तर कोरियालाई एक्लो बनाउन विश्वका सबै देशलाई आग्रह पनि गरे । उनले चीनलाई पनि उत्तर कोरियाका कारणले विश्वमा मानवीय सभ्यता र शान्तिमाथि नै धावा बोलिरहेको अवस्थामा उसलाई साथ नदिन आग्रह गरेका थिए ।

    सो आग्रह राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति चिनफिङसँगको भेटका क्रममा पनि दोहो¥याएका थिए । उनले चीनका व्यापारिक प्रतिनिधिमन्डल हुन् वा जुनसुकै मन्चलाई सम्बोधन गर्ने क्रममा पनि सो धाराण राख्ने गरेका छन् ।

    राष्ट्रपति ट्रम्पले मंगलबारमात्र पनि उत्तर कोरियालाई आफ्ना सबै परमाणु हतियारहरु परित्याग गरेर वार्ताको टेबलमा आउन र सबै विषयमा छलफल गर्न आह्वान गरेका थिए । उनले दक्षिण कोरियामा मंगलबार गरेको सम्बोधनमा अमेरिकाले प्योङयाङका विरुद्धमा सेना परिचालन गर्ने अवस्था नआओस भनेर पनि सोचिरहेको स्पष्ट गरेका थिए ।

    कोरियाली प्रायद्वीप र अफगान मुद्धामा समन्वय हुन्छ : राष्ट्रपति चिनफिङ

    यसैबीच, चिनियाँ राष्ट्रपति सि–चिनफिङले कोरियाली प्रायद्वीप र अफगानिस्तानको मुद्धामा चीनले अमेरिकासँग समन्वय गर्ने बताएका छन् ।

    बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि राष्ट्रपति चिनफिङले भने, ‘ती विषयमा राष्ट्रपति ट्रम्पसँग कुराकानी भएको छ र हामी त्यसमा साथसाथमै काम गर्न तयार छौँ ।’

    बिहीबार उनीहरुबीचको भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम विश्वकै लागि समस्या बनेकोले समाधानका लागि पहल गर्न चीनलाई आग्रह गरेको बताइएको थियो ।

    उत्तर कोरियाका विषयमा विश्वका दुई प्रमुख शक्तिराष्ट्र अमेरिका र चीनले गरेको यस वार्तालाई विश्वमा निकै चासोपूर्ण रुपमा हेरिएको छ । रासस/सिन्ह्वा

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij