प्रकाशित मिति : बिहिबार, कार्तिक २३, २०७४
मधु पौडेल , बाँके । विस्तृत शान्ति साझौता भएको एक दशक विति सक्दा पनि द्धन्द्ध पिडितको समस्या ज्युकातियु भएको एक कार्यक्रममा सहभागि द्धन्द्ध पिडितहरुले बताएका छन । मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस नेपालकोआयोजनामा बाकेको राप्ती सोनारी गाउपालिका अन्तरगत पर्ने फत्तेपुरमा गरीएको द्धन्द्ध पिडित र सरोकारवाला विच वडा स्त्तरीय छलफल तथा संवाद कार्यक्रममा सहभागि द्धन्द्ध पिडितका परिवारहरुले सो कुरा वताएकाहुन ।
द्धन्द्ध पिडित समुहका संयोजक मन बहादुर घर्ती मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि वडा ६ का वडा अध्यक्ष जनक बहादुर चौधरी रहनु भएको थियो । द्धन्द्ध पिडितहरुले आफुहरुलाई सरकारले कुनै किसिमबाट पनि सम्वोधन नगरेको तथा आफुहरुलाई स्वाथ्य शिक्षा देखी लिएर धेरै कुरामा सहुलियत नपाएको बताएका थिए । द्धन्द्ध पिडितका तर्फबाट बोल्दै द्धन्द्ध पिडिट गुरुप्रसाद थारुले द्धन्द्ध पिडितको फारम भर्ने सरकारले निति ल्याए पनि आफुले सरकारले द्धन्द्ध पिडित मानिनरहेको गुनासो पोख्नुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले द्धन्द्ध पिडितको बारेमा आफु निकै गम्भिर भएको हुदाँ जतिपनि द्धन्द्ध पिडित संगका सरोकारका मुद्धाहरु छन ति मुद्धालाई आगामी कार्ययोजनामा पार्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । अध्यक्ष चौधरी शिक्षा स्वाथ्य तथा द्धन्द्ध पिडितको सिफारिसको विषयलाई तत्काल कार्यन्वयनको लागि अगाडि वढिने बताउनुभयो ।
अध्यक्ष चौधरीले भन्नु भयो,“अहिले म अलि नयाँ भएर पनि होला ,जनताको पहिलो प्रथामिकता बाटो घाटो, शिक्षा स्वाथ् य होला भन्ने भएर द्धन्द्ध पिडितको समस्या गौण भएको हो अव हुदैन, द्धन्द्ध पिडितको लागि छुटै वजेत तथा योजनाहरु नभए पनि ,प्रथामिकतामा नपारीएको भए पनि अव यस्तो हुदैन ,अगामि दिनमा द्धन्द्ध पिडितका समस्यालाई सम्वोधन गरीन्छ ” । द्धन्द्ध पिडित सुकुमाया घर्ती मगर ,कल्लु थारु,भुमिसुर घर्ती मगर लगाएतले बोलेका हरप्लेसका कार्यक्रम संयोजक गिता देवकोटाले जानकारी दिनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij