आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दुई मोटरसाइकल ठोक्किंदा एकको मृत्यु, दुईजना घाइते

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २४, २०७४



  • भक्तपुर, कात्तिक २४ । भक्तपुरको सानोठिमीस्थित विश्वविद्यालय अनुदान आयोग चोकमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

    विपरीत दिशाबाट आउँदै गरेका बा४९प १५४९ नम्बरको मोटरसाइकल र बा९०प ३९६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा बा४९प १५४९ नम्बरको मोटरसाइकलका चालक धादिङ केवलपुर–१० घर भई हाल कुलेश्वर काठमाडौँ बस्ने ४२ वर्षीय सानुकाजी श्रेष्ठको मृत्यु भएको हो ।

    महानगरीय प्रहरी वृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनका अनुसार दुर्घटनामा घाइते भएका श्रेष्ठको ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार धादिङकै ४४ वर्षीय कमलबहादुर बास्कोटाको मध्यपुर अस्पतालमा उपचार सम्भव नभएपछि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

    बा९०प ३९६५ नम्बरको मोटरसाइकल र त्यसका चालक मथिनपा–७ नगदेश बस्ने १८ वर्षीय रोहित बाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते बाडेको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij