शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

हिमालयन बैंकमा अध्यक्षको पदावधि विषयमा विवाद

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २४, २०७४



  • हिमालयन बैंकमा अध्यक्ष मनोजबहादुर श्रेष्ठको पदावधि थप्ने वा नथप्ने विषयमा विवाद उत्पन्न भएको छ।

    पहिलेदेखि नै गुटबन्दी देखिएको बैंकमा अहिले दुवै पक्षबीचको विवाद उत्कर्षमा पुगेको हो।

    संस्थापन अध्यक्ष हिमालय शमशेर जवराको प्रतिनिधित्व गर्दै आएका प्रमुख कार्यकारी अधिकृत अशोक राणा श्रेष्ठको अवधि थप्न नहुने पक्षमा छन्।

    श्रेष्ठले भने जसरी पनि अवधि थप्नुपर्ने अडान राख्दै आएका छन्। मनोज श्रेष्ठले नरसिंहबहादुर श्रेष्ठको प्रतिनिधित्व गर्दै आएका छन्। श्रेष्ठको कार्यकाल आगामी चैतमा सकिँदैछ।

    कुनै पनि बैंकको संचालक तथा व्यवस्थापन प्रमुखमा रहेका व्यक्ति दुई कार्यकालभन्दा बढी उक्त पदमा बस्न नपाउने प्रावधान लागू हुन लागेकाले श्रेष्ठ पदमा बस्न नमिल्ने राणा पक्षको अडान छ। तर राणा भने सो प्रावधान लागू भइ नसकेकाले ऐनले नछेक्ने अडानमा छ।

    बैंकमा पाकिस्तानको हविव बैंकको ठूलो सेयर लगानी छ। हविवका तर्फबाट प्रतिनिधित्व गर्ने सलिम अम्लारीले बैंकको संचालन तथा व्यवस्थापनमा कुनै हस्तक्षेप गरेका छैनन्।

    संचालक समितिमा अम्लारी पहिलो भाइस चेयरम्यान हुन्। त्यस्तै लगानी गरेको मोहन गोपाल खेतान तथा उनको प्रतिनिधि प्रेमप्रकाश खेतान पनि मौन रहँदै आएका छन्।

    उक्त विषयमा बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले भने बैंकमा कुनै गुटबन्दी नरहेको दावी गरे। खेतान र आफ्नो समूह परिवारजस्तै भएको उनले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij