शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नारायणगढ-मुग्लिन सडकमा सोमबारदेखि काममा तिव्रता

  • प्रकाशित मिति : आइतवार, कार्तिक २६, २०७४



  • चितवन, कात्तिक २६ । नारायणगढ–मुग्लिन सडक विस्तारका लागि आजदेखि गाडी रोकेर भित्तो काट्न थालने भनिएपनि उच्च सवारी चापका कारण भोलिदेखि मात्र भित्तो काट्ने काम गरिने भएको छ ।

    सेतीदोभानमा ठूलो ढुंगा झर्ने अवस्थामा पुगेकाले शनिबार बिहान १० बजेदेखि राति साढे ९ बजेसम्म गाडी रोकेर ढुंगो खसालिएको थियो ।

    नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार झण्डै ३० घन मिटरको उक्त ढुंगा फोर्न कठिन भएपछि हिजो रातिदेखि एकतर्फी रुपमा मात्र गाडी चल्न दिइएको छ ।

    आज दिनभरमा ब्रेकरले ढुंगा फोरेर सडक दुईतर्फी सञ्चालन गर्ने योजना छ । सोमबारदेखि भने गाडी रोकेर भित्तो काट्ने इन्जिनियर खनालले जानकारी दिए ।

    सोमबारदेखि बिहान ७ देखि साढे ८, बिहान ११ देखि मध्याह्न १२, अपराह्न १ देखि २ र अपराह्न ३ देखि ४ बजेसम्म सवारी रोकेर भित्तो काटिने छ ।

    वर्षात् र चाडपर्वका कारण झण्डै दुई महिना यतादेखि भित्तो काट्ने काम रोकिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij