शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

काठमाडौंमा पहिलो पटक स्ट्रबेरीको व्यवसायिक उत्पादन

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २८, २०७४



  • काठमाडौंमा पहिलो पटक स्ट्रबेरीको व्यवसायिक खेती सुरु भएको छ । एक दशकसम्म इजरायली कृषि फार्ममा बसेर काम गरेका श्रीकृष्ण अधिकारीले उत्पादन सुरु गरेका हुन्।

    यसअघि स्ट्रबेरी नुवाकोटमा गरिँदै आएको थियो। अधिकारीले ५ रोपनी क्षेत्रफलमा १० हजार बिरुवा लगाएका छन् । १० हजार मध्ये १ प्रतिशत बिरुवा भने काम नलागेको अधिकारीले बताए। अहिलेसम्म नुवाकोटमा मात्रै यसको उत्पादन हुने भनिए पनि आफूले सुरुमा चुनौति मोलेर खेती सुरु गरेको उनले बताए ।

    बीस–पच्चीस वर्षअघि ककनीमा जाइटी भन्ने संस्थाले स्ट्रबेरीको खेती सुरु गरेपछि नुवाकोटमा थालनी भएको थियो तर किसानहरुले नयाँ प्रविधिको प्रयोग गरेर भने खेती सुरु गरेका थिएनन्। अधिकारीले स्थापना गरेको सलुमया एग्रीकल्चर नामक कम्पनीले कृषिमा आधुनिकीकरणका लागि विभिन्न खालका सेवा उपलब्ध गराउँदै आएको छ।

    ‘मैले नुवाकोटमा ग्रीन हाउस बनाउने थोपा सिँचाइको काम गरेको थिएँ’ उनले भने, ‘नुवाकोटमा गरेको आधारमा मैले काठमाडौंमा पनि स्ट्रबेरी लगाएको हो।’

    अधिकारीको फर्ममा अहिले स्ट्रबेरी फल्न सुरु गरेको छ। भदौमा लगाएको स्ट्रबेरीले कात्तिकको तेश्रो साता देखि फलदिन सुरु गर्छ। मंसिरदेखि फागुनसम्म भने यसको उत्पादन राम्रोसँग हुन्छ।

    ५ देखि २५ डिग्री तापक्रममा स्ट्रबेरी लगाउन सकिन्छ। विशेष गरी जापान, कोरिया, थाइल्याण्ड, इजरायल लगायतका देशमा यसको उत्पादन हुन्छ। यी देशहरुले स्ट्रबेरीको निर्यात समेत गर्ने गरेका छन्। बालक देखि बृद्धसम्म यसको प्रयोग उपयोगी मानिएको छ।

    विभिन्न शुभ कार्यहरुमा समेत स्ट्रबेरीलाई प्याक गरेर उपहारको रुपमा दिइन्छ। जुनसुकै उमेर समुहका व्यक्तिका लागि पनि फाइदाजनक भएकोले ति देशहरुमा यसको उत्पादन बढ्दै गएको अधिकारीले बताए।

    ‘नेपालमा पनि स्ट्रबेरीको उत्पादन गर्न सके बजार राम्रो छ, अर्कोतिर निर्यात समेत गर्न सकिन्छ।’ उनले भने, ‘विदेशबाट आयात गर्ने फलफूलको विकल्पमा स्ट्रबेरीलाई लिन सकिन्छ।’

    स्ट्रबेरीको जाम विश्वमै चर्चित रहेको उनले बताए। स्ट्रबेरीबाट रक्सी तथा जुस पनि बनाउन सकिन्छ।‘आफ्नो जति जग्गा छ त्यतिमा मात्रै खेती गर्न सके पनि यसले किसानलाई फाइदा पुग्छ।’ उनले भने, ‘यसले किसानको जीवनस्तरलाई त उकास्छ नै नेपालीहरु विदेसिनु समेत पर्दैन।’

    विदेशमा लामो समयसम्म काम गरेकोले पनि आफूले स्वदेशमा बसेर केही गर्न खोजेको उनले बताए। विदेशमा बसेर काम गरेर फर्किएकाहरुको संस्था एसियन फोरमका सचिव समेत रहेका अधिकारीले पछिल्लो समयमा नेपालीहरुले आधुनिक प्रविधिको प्रयोग गरी कृषि पेशा अंगालेको बताए।

    ग्रीनहाउस बनाएर थोपा सिँचाई मार्फत आफूले देशका विभिन्न ठाउँहरुमा तरकारी खेती गर्ने सेवा उपलब्ध गराएको अधिकारीको भनाइ छ। नेपालमा पहिलोपटक थोपा सिंचाइलाई व्यवसायिक रुपमा आफैले प्रयोग गरेको उनले दावी गरे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij