आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जिम्बाबे सेनाको काम कारवाही सैन्य ‘कू’ जस्तैः अफ्रिकन युनियन

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ३०, २०७४



  • अफ्रिकन युनियन एयुले जिम्बाबेको सेनाले शक्ति आफ्नो हातमा लिनु र राष्ट्रपति रोबर्ट मुगाबेलाई नजरबन्दमा राख्नु सैन्य ‘कु’ जस्तै भएको जनाएको छ ।

    एयुका प्रमुख एल्फा कोन्डेले जिम्बाबियन सेनाको कामकारबाही सैन्य ‘कू’ जस्तै रहेकाले तत्काल संवैधानिक व्यवस्था लागू गर्न आग्रह गरेका छन् ।

    तर सेनाले भने ‘कू’ नगरेको बताउँदै आएको छ । उसले राष्ट्रपति मुगाबे सुरक्षित रहेको र उनीमाथि आतंकाकारी आक्रमणको खतरा रहेकाले सुरक्षा घेरामा राखिएको दाबी गरेको छ ।

    जिम्बाबेको सेनाले हिजो राष्ट्रपति रोबर्ट मुगाबेलाई राजधानी हरारेमा नजरबन्दमा राखेर शक्ति आफ्नो हातमा लिएको थियो ।

    सेनाले सरकारी टेलिभिजन पनि आफ्नो नियन्त्रणमा लिएको छ । सेनाले राजधानी हरारेमा कडा सुरक्षा गस्ती गरिरहेको छ । आफूहरुले अपराधीलाई निशाना बनाएको सेनाको भनाई छ ।

    कतिपय विश्लेषकहरुले भने राष्ट्रपति मुगाबेलाई हटाएर उपराष्ट्रपति इमरसन मनंगावालाई सत्तामा ल्याउनका लागि सैन्य कारवाही गरिएको हुन सक्ने बताएका छन् ।

    मनंगावालाई राष्ट्रपति मुगाबेलाई गएको हप्ता बर्खास्त गरेका थिए । त्यसपछि मुगाबेकी श्रीमती ग्रेस उत्तराधिकारीको रुपमा उदाएका थिए ।

    तर सेनाले सुरु गरेको क्रियाकलापका कारण अवस्था फेरिएको छ । हरारेमा गोलाबारीको आवाज सुनिएको बताइएको छ ।(एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij