मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

नेपालको चुनाव, फेसबुकको व्यापार

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ३०, २०७४



  • ‘नमस्कार, म माधवकुमार नेपाल, यही मंसिर २१ गते काठमाडौं क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा निर्वाचनमा एमाले, माओवादी केन्द्र र अन्य दलहरू समेतको गठबन्धन तर्फबाट साझा उम्मेदवार भएको छु।’

    फेसबुक भिडियोमा पूर्वप्रधानमन्त्री नेपाल हात जोडेर मत मागिरहेका छन्। उनका यस्ता भिडियो अरू पनि छन्।

    माओवादी अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि चितवनको घरदैलोमा आफ्ना मतदातासँग गरेका प्रतिबद्धता पनि छिनछिनमै देशविदेश पुगिरहेको थियो, फेसबुकमार्फत्।

    दलहरूले जनतामाझ पुग्न सामाजिक सञ्जाल प्रयोग बढाएका छन्। फेसबुकले दिएको ‘स्पोन्सर’ सुविधाका कारण यो धेरैको रोजाइमा परेको छ। धेरै मतदातासम्म पुग्न दलहरूले आफ्ना पोस्ट ‘स्पोन्सर’ गर्छन् जसबापत् फेसबुकलाई पैसा पनि तिरिरहेका छन्।

    फेसबुक प्रयोगमा माओवादी अध्यक्ष दाहालको सचिवालय अग्रपंक्तिमा छ। दाहालको फेसबुक पेज छोरा प्रकाश र सहयोगी मनहरि तिमल्सिनाले चलाइरहेका छन्। प्रकाश आफ्नै पेजमा समेत दाहालका कार्यक्रम लाइभ गर्छन्।

    ताप्लेजुङका एमाले उम्मेदवार योगेश भट्टराई अधिकांश समय फेसबुक लाइभमा हुन्छन्। कतै भाषण गरिरहेका देखिन्छन् त कतै नाचिरहेका।

    कांग्रेस नेता गगन थापाका भाषण अचेल फेसबुक र युट्युबमा हिट छन्। काठमाडौं १ का विवेकशील साझा उम्मेदवार रवीन्द्र मिश्रका घरदैलो कार्यक्रम भिडियो फेसबुकमा थुप्रै छन्।

    एमाले अध्यक्ष केपी शर्मा ओली ट्वीटर मार्फत् समाचार खण्डन गर्छन्। उनी फेसबुक चलाउँदैनन्। ओलीका कार्यक्रम पार्टीको आधिकारिक फेसबुक पेजमा लाइभ हुन्छन्। राजधानी बाहिरका कार्यक्रमको प्रत्यक्ष प्रसारण सहयोगी चेतन अधिकारीले आफ्नै फेसबुकबाट गरिरहेका छन्।

    एमाले निर्वाचन परिचालन किमिटीका विष्णु रिमाल सामाजिक सञ्जाल चुनावमा प्रयोग गरिएको बताउँछन्। ‘पुरानोभन्दा नयाँ प्रचार शैली प्रभावकारी छ,’ उनी भन्छन्, ‘हामी भिडियो बनाउन लागिरहेका छौँ।’

    प्रधानमन्त्री शेरबहादुर देउवा सामाजिक सञ्जालमा धेरै सक्रिय छैनन्। प्रेस विज्ञ गोविन्द परियारले सञ्चालन गरेको उनको फेसबुक पेजमा विभिन्न कार्यक्रममा गरेको सम्बोधन सम्बन्धी समाचार पोस्ट गरिएका छन्।

    सबभन्दा धेरै सामाजिक सञ्जाल प्रयोग विवेकशील साझा र नयाँ शक्तिले गरिरहेका छन्। विवेकशील साझाले फिल्म हलमा समेत पार्टीको विज्ञापन गरिरहेको छ। उसले युट्युब, ट्विटर र फेसबुकका लागि भिडियो उत्पादनको युनिट नै राखेको छ। प्रचार विभाग प्रमुख मिलन पाण्डेले भिडियो युनिटले उम्मेदवारको प्रचार गरिरहेको बताए।

    ‘हामी मोबाइलबाट भिडियो खिचेर अपलोड गर्छौं,’ पाण्डेले भने, ‘त्यो बढी अर्गानिक छ।’ पार्टीबाट सामाजिक सञ्जालमा प्रचार गर्न खर्च नभएको पाण्डेले बताए।

    नयाँ शक्तिकी करिश्मा मानन्धर फेसबुक र अन्य प्रचार गरिरहे पनि धेरै समय दिन नसकेको बताउँछिन्। ‘स्थानीय निर्वाचनमा भिडियो बनाए पनि अहिले सकेका छैनौँ। अलि मितव्ययी हुन पनि हो,’ उनले भनिन्।

    फेसबुकमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईका थुप्रै भिडियो भेटिन्छन्। उनी आफैं पनि निकै सक्रिय छन्।

    फेसबुकमा यसरी पोस्ट स्पोन्सर गर्दा पे–पल (विदेशमा रहेको बैंक खाता) अकाउन्टमार्फत् पैसा तिरिने सोसल मिडिया मार्केटिङ गरिरहेका प्रमोद पोखरेलले जानकारी दिए। उनका अनुसार पे–पल खाता सबैको पहुँचमा हुँदैन। विदेशमा रहेका आफन्त वा साथीभाइले सहयोग गर्ने हो। त्यस्तो सहयोग नहुनेलाई भने पोखरेलले आफ्नो कम्पनीमार्फत् सेवा दिँदै आएका छन्। कुनै सामाजिक सञ्जालमा पोस्ट स्पोन्सर गर्दा पे–पल खाता प्रयोगबापत् उनी सात प्रतिशत शुल्क लिने गरेको बताउँछन्।

    विवेकशील साझाका मिलन पाण्डे आफ्ना भाइमार्फत् पोस्ट स्पोन्सर गर्दै आएको बताउँछन्। ‘मेरो विज्ञापन अष्ट्रेलियामा बस्ने भाइले सहयोग गरेर बनाइएको हो,’ उनले भने, ‘अरू साथीलाई पनि आफन्त र साथीभाइले सहयोग गरिरहेका छन्।’

    यसरी स्पोन्सर गरिएका पोस्टमा समान रकम खर्च गर्दा कति जनतामा पुग्छ भन्ने ग्यारेन्टी भने हुँदैन।

    ‘विश्वव्यापी पहुँचका लागि ५ डलर तिर्ने हो भने ४० हजारभन्दा बढी दर्शकसम्म पुग्छ। तर दर्शक छनौटमा काठमाडौंका १८ देखि ३५ वर्षका भनेर छान्यो भने १४ देखि १५ हजार जनाको मात्र पहुँच हुनसक्छ,’ पोखरेलले भने। खर्चको बिल भने फेसबुकले नै दिने उनले बताए।

    यसरी अनलाइनबाट कमाएको पैसा अनलाइनमै खर्च गर्ने भएकाले नेपालबाट पैसा पठाउनु भने नपरेको उनी बताउँछन्। ‘पैसा पठाउने कानुनी प्रावधान थाहा छैन। हामी सबै पेमेन्टको काम अनलाइनबाट गर्छौं,’ उनले भने।

    उम्मेदवारहरूले यसरी सामाजिक सञ्जालमा गरेको खर्च तोकिएको प्रचारप्रसार खर्चभित्र परेको छ कि छैन भनेर निर्वाचन आयोगले अनुगमन गर्ने जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Skoraj vsi pri kuhanju uporabijo preveč soli, čeprav lahko jed obogatimo z zelišči, začimbami in svežimi sestavinami. To temo velja podrobneje raziskati. prav drobna napaka naredi jogurt kefir Kako pripraviti okusen in zdrav obrok? Izberite sveže sestavine, preproste postopke in uravnotežene porcije.