शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नेपालमै खुल्यो रोबोटले सर्भिस दिने रेष्टुरेन्ट

  • प्रकाशित मिति : शनिबार, मंसिर २, २०७४



  • मानिसले मेन्यु देखाएर खानाको अर्डर लिने र सोही अर्डर बमोजिमको खाना टेबुलमा ल्याएर ग्राहकलाई दिने थुप्रै रेष्टुरेन्टहरुमा तपाई पुगिसक्नुभएको होला ।

    तर रोबोटलाई अर्डर दिने र रोबोटले नै टेबुलमा खाना ल्याएर दिने नेपाली रेष्टुरेन्टमा सायदै पुग्न पाउनुभएको होला । यदी पुग्नुभएको छैन भने अब नेपालमै यस्तो रेष्टुरेन्टको अनुभव गर्न पाउनुहुनेछ ।

    किनभने नेपालमा पहिलो पटक रोबोटले सर्भिस दिने रेष्टुरेन्ट सञ्चालनमा आउन लागेको छ ।

    २१ औँ शदाब्तीमा विज्ञानले उल्लेखनीय अविष्कारहरु गरी मानव जीवनलाई धेरै सहज, छिटो र छरितो बनाउदै गएको अवस्थामा नेपालको राजधानी काठमाण्डौँको मुटु मानिने न्यूरोडमा रोबोटले सर्भिस दिने रेष्टुरेन्ट खुल्न लागेको हो ।

    केकेएफसी नाम उक्त रेष्टुरेन्टको औपचारिक उद्घाट्न अगामी शुक्रबार हुनेछ ।

    विगत एक दशक देखि रेष्टुरेन्ट व्यवसायमा संलग्न रन्जित साहले संचालक रहेको केकेएफसी रेष्टुरेन्टमा फास्ट फुड कुजिन अन्तर्गत क्रिस्पी फ्राईड चिकेन, ग्रिल्ड चिकेन, बर्गर र हटडक लगायतका परिकारहरु पस्किने लक्ष्य राखिएको छ ।

    साहका तीन दाजुभाईहरुको संयूक्त प्रयासले रोबोट प्रविधि जडित रेष्टुरेन्टलाई नेपालमा सम्भव तुल्याएको हो ।

    अन्य मुलुकहरुमा रोबोट प्रविधि जडित रेष्टुरेन्ट संचालनमा आइसकेपनि नेपालको लागि भने यो पहिलो र नौलो हो ।

    ग्राहकहरुलाई छिटो र छरितो सर्भिस दिन सकियोस र नया अनुभव पनि हासिल होस भन्ने उद्देश्यले रोबोट जडित रेष्टुरेन्ट संचालनमा ल्याउन लागेका हौं साहले भने, औपचारिक ओपनिङ पिपुस् प्लाजा न्यूरोडमा मंसिर ८ गते गर्नेछौं ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij