आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बससँग मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, मंसिर ३, २०७४



  • रौतहट, मंसिर ३ । रौतहटको गरुडा नगरपालिकामा यात्रुवाहक बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

    चन्द्रनिगाहपुर गौर सडकखन्डको गरुडा नगरपालिका–४ मा चन्द्रनिगाहपुरबाट गौरजाँदै गरेको बस र विपरित दिशाबाट आउँदै गरेको मोटरसाईकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा रहेका दुबै जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक देबाही गोनाही नगरपालिका–९ धरहरीका ४० वर्षीय मुन्नीलाल मिश्र र माधवनारायण नगरपालिका–३ का ३५ वर्षीय रामप्रकाश यादव छन् ।

    ठक्करपछि घाइते भएका दुबैलाई उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । बस र बसका चालक चन्द्रपुर नगरपालिका–१ निवासी राकेशप्रताप साहलाई इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij