आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

निर्वाचन सुरक्षाका विषयमा जानकारी लिन पाँच सदस्यीय टोली रसुवामा

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ८, २०७४



  • निर्वाचन सुरक्षाका विषयमा जानकारी लिन पाँच सदस्यीय टोली रसुवा पुगेको छ ।

    क्षेत्रीय प्रशासक रेस्मीराज पाण्डेको नेतृत्वमा सुरक्षा निकायको पाँच सदस्यीय टोली रसुवा पुगेको हो । नेपाल प्रहरीका एआइजी, नेपाली सेनाका पृतनापति, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकसहितको टोली रसुवामा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएको छ ।

    पहिलो चरणअन्तर्गत आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्त, निष्पक्ष र भयरहित वातावरण सम्पन्न गर्न जिल्लाका सुरक्षा निकायका प्रमुखलाई क्षेत्रीय प्रशासक पाण्डेले निर्देशन दिए ।

    यसैगरी, प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानले जिल्लामा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको टोलीलाई जानकारी गराए ।

    जिल्लामा १ मतदानस्थल अति संवेदनशील, २१ वटा संवेदनशील र १२ वटा सामान्य रहेको स्थानीय प्रशासनले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij