शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

एनसेलले ल्यायो नयाँ भ्वाइस प्याक

  • प्रकाशित मिति : शनिबार, मंसिर ९, २०७४



  • एनसेलले प्रिपेड ग्राहकका लागि चार नयाँ भ्वाइस प्याकहरु ल्याएको छ।

    जस अन्तर्गत एनसेलका ग्राहकले अब अझै सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन पाउने छन्। नयाँ भ्वाइस प्याकका साथ एनसेलका ग्राहकले अब एक महिनामा ७०० मिनेट सम्मको भ्वाइस सेवा प्रयोग गर्न सक्नेछन्।

    नयाँ भ्वाइस प्याकहरु बिहीबारदेखि ९० दिनको लागि संचालनमा आएको कम्पनीले जनाएको छ। ग्राहकले आफ्नो भ्वाइस सेवाको आवश्यकताअनुसार दैनिक, साप्ताहिक तथा मासिक प्याकहरु सुचारु गर्न सक्नेछन्। एनसेलका अनुसार अब तीन दिने भ्वाइस प्याक पनि सुचारु भएको छ।

    दैनिक भ्वाइस प्याकअन्तर्गत ग्राहकले कर सहित १५ रुपैयाँमा २० मिनेट अननेट टक टाइम खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार ग्राहकले साप्ताहिक भ्वाइस प्याकमा कर सहित ७० रुपैयाँमा १२० मिनेट तथा ३० रुपैयाँमा ५० मिनेट टक टाईम रहेको तीनदिने भ्वाइस प्याक खरिद गर्न सक्नेछन्।

    नयाँ मासिक भ्वाइस प्याकमा ग्राहकले ३०० रपैयाँमा ७०० मिनेट टक टाइम प्राप्त गरी ४३ पैसा प्रतिमिनेटको दरमा भ्वाइस सेवाको मजा लिन सक्छन्।

    दैनिक भ्वाइस प्याकको समयावधि २४ घण्टाको रहेकोछ। त्यस्तै साप्ताहिक भ्वाइस प्याकको समयावधि ७ दिन, तीनदिने प्याकको ३ दिन र मासिक भ्वाइस प्याकको ३० दिन रहेको छ।

    प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागू हुने बताइएको छ। विद्यमान शुल्क अनुसार एनसेल नेटवर्क भित्र कल गर्दा कर सहित २ रुपैयाँ ५० पैसा प्रतिमिनेट शुल्क लाग्दछ। भ्वाइस प्याकअन्तर्गतका टक टाइम एनसेल नेटवर्कभित्र लागू हुनेछ।

    कम्पनीका अनुसार पहिला नै संचालनमा रहेका भ्वाइस प्याकहरु यथावत रहेको छ।

    ‘ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकताअनुसार जति पटक पनि यि प्याकहरु लिन सक्छन्’ एनसेलका कर्पोरेट सर्भिसेज निर्देशक प्रणय आचार्यले भने ‘युएसएसडी, आइभिआर, एसएमएस, एनसेल एप कुनै पनि माध्यमबाट भ्वाइस प्याक खरिद तथा सुचारु गर्न सकिनेछ।’

    एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ ह्यास डायल गरी प्राप्त जानकरी अनुसार आफ्नो आवश्यकताबमोजिमको भ्वाइस प्याक सुचारु गरी लाभ लिन सक्ने उनले बताए।

    आईभिआर मार्फत यो सेवा सुचारु गर्नका लागि १७११८ डायल गरी प्राप्त जानकारी अनुसार सेवा सुचारु गर्न सकिन्छ। त्यस्तै ग्राहकले १७११८ मा आफूले लिन चाहेको प्याकको मुल्य टाइप गरी एसएमएस पठाएर पनि यो सेवा सुचारु गर्न सक्छन्।

    दैनिक प्याकको लागि ग्राहकले १५, साप्ताहिकको लागि ७०, मासिकको लागि ३०० र तीन दिने भ्वाइस प्याकको लागि ३० लेखेर १७११८ मा एसएमएस गर्नुपर्नेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij