शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

गाडीहरु आज राती १२ बजे अघि नै गन्तब्यमा पुग्नुपर्ने, भोली चलाउन नपाईने

  • प्रकाशित मिति : शनिबार, मंसिर ९, २०७४



  • काठमाडौं, मंसिर ९ । आजराति १२ बजेअघि नै आफ्नो गन्तव्यमा पुग्न सरकारले सबै गाडी चालकलाई आग्रह गरेको छ ।

    आइतबार मतदान हुने ३२ जिल्लामा गाडी चलाउन नदिने भएकाले शनिबार राति १२ बजेअघि नै गन्तव्यमा पुग्न आग्रह गरिएको हो ।

    आइतबार मतदान हुने जिल्लामा सुरक्षा निकायका गाडी, चुनावी प्रयोजनको लागि सवारी पास लिएका र एम्बुलेन्स, दमकल, खानेपानी बोकेको ट्याङकर, दूरसंचार सेवा, शव वाहन, अस्पताल सेवा र विद्युत सेवालगायतका अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

    यसका लागि चुनाव हुने जिल्ला हुँदै चल्ने गाडी पनि चलाउन नदिने भएकाले शनिबार राति १२ बजेअघि नै गन्तव्यमा पुग्न मन्त्रालयले सबैलाई अपील गरेको हो ।

    आइतबार प्रदेश नम्बर १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ मा मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नम्बर ५ का रुकुम पूर्वी भाग र रोल्पा तथा प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी गरि ३२ जिल्लामा मतदान हुँदैछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij