आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेतृ सू चीलाई दिइएको अन्तर्राष्ट्रिय सम्मान अक्सफोर्डद्वारा फिर्ता

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १२, २०७४



  • लन्डन, मंसिर १२ । म्यान्मारकी नेतृ आङ सान सू चीलाई दिइएको अन्तर्राष्ट्रिय सम्मान ‘फ्रीडम अफ द इंग्लिश सिटी अफ अक्सफोर्ड’ फिर्ता लिइएको छ ।

    अक्सफोर्डको स्थानीय काउन्सिलरहरुले म्यानमारका अल्पसंख्यक मुस्लिम समुदाय रोहिंग्यामाथिको दमनबारे सू चीले कुनै कदम नचालेको आरोप लगाउँदै ‘फ्रीडम अफ द इंग्लिश सिटी अफ अक्सफर्ड’ सम्मान फिर्ता लिइएको हो ।

    उनले अक्सफोर्ड विश्वबिद्यालयमा सन् १९६० को दशकमा विश्वविद्यालय तहको शिक्षा आर्जन गरेकी थिइन् । उनले उक्त सम्मान सन् १९९७ मा पाएकी थिइन् ।

    स्थानीय काउन्सिलरहरुले हिंसाप्रति आँखा चिम्लिनेहरुलाई सम्मान गर्न नसकिने बताएका छन् । यसअघि विश्वविद्यालयको प्रसिद्ध ‘सेन्ट ह्युज कलेज’बाट नेतृ सू चीको तस्वीर हटाइएको थियो

    संयुक्त राष्ट्रसंघले म्यान्मारको सेनाले मुस्लिम रोहिंग्यामाथि गरेको व्यवहारलाई ‘पाठ्यक्रममा उल्लेख गर्ने खालको नरसंहार’ भनेको थियो । तर, सू चीले यस आरोप अस्वीकार गर्दै आएकी छन् ।

    गत अगष्ट महिनायता म्यान्मारमा हिंशा भड्किएपछि करिव ६ लाखभन्दा बढी रोहिंग्या मुस्लिमहरु म्यानमारबाट भागेर बंगलाादेशमा शरण लिइरहेका छन् ।

    पछिल्लो समय अन्तर्राष्ट्रिय समुदायले सू चीलाई दिइएकोे नोबेल शान्ति पुरस्कार फिर्ता लिनुपर्ने आवाज उठाउँदै आएका छन् । तर, नोबेल शान्ति पुरस्कार प्रतिष्ठानले उक्त पुरस्कार फिर्ता लिने कुनै प्रावधान नरहेको बताएको थियो । ।

    बीबीसी’का अनुसार गत सेप्टेम्बरमा एउटा सम्बोधनका क्रममा नेतृ सू चीले मानवअधिकार उल्लंघनको निन्दा गर्दै देशको सेनामाथि कुनै आरोप लगाएकी थिइनन् । साथै उनले ‘जातीय सफाया’ भइरहेको राष्ट्रसंघको आरोपबारे कुनै प्रतिकृया दिएकी थिइनन् । एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij