शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

एनिभर्सरीको अवसरमा धुर्मुस सुन्तलीले ल्याए रोमान्टिक प्रेमगीत (भिडियोसहित)

  • प्रकाशित मिति : बिहिबार, मंसिर १४, २०७४



  • नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका कलाकार तथा सामाजिक अभियान्ता धुर्मुस सुन्तलीले दशौं वैवाहिक जीवनमा प्रवेश गरेको अवसरमा एक गीत सार्बजनिक गरेका छन् ।

    धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीमा काम गरिरहेका कामदारहरु सँगैं एनिभर्सरी मनाउँदै उक्त गीत सार्बजनिक गरेका हुन्।

    धुर्मुस सुन्तली २०६५ मंसीर १४ गते बैवाहिक जीवनमा प्रवेश गरेका थिए । मंसीर ४ गते आफ्नो दशौं एनिभर्सरीको अवसरमा धुर्मुस सुन्तलीले ‘म जुन दिन देखी’ बोलको गीतको भिडियो रिलिज गरेका हुन् ।

    संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयका सचिव समेत रहेका दिनेश थपलियाको शब्द रहेको उक्त गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने राजेश पायल राई र अन्जु पन्तले आवाज दिएका छन् ।

    धुर्मुस सुन्तलीको प्रेम सम्बन्ध बोलेको उक्त गीतमा धुर्मुस सुन्तलीनै फिचरिङ्ग छन् । पप्पा र नवराज उप्रेतिले खिचेको उक्त भिडियोमा हरिष निरौंला (कक्रोज) को कोरियोग्राफी रहेको छ।

    भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने धुर्मुस सुन्तली आफैंले निर्देशन गरेका हुन् । कतारमा समेत छांयाकन गरिएको उक्त भिडियोमा माया प्रेमको रोमान्स देखाईएको छ ।

    सामाजिक काममा सक्रिय रहेका धुर्मुस सुन्तलीले दर्शकको अपेक्षा अनुसार यो भिडियो उपहार स्वरुप सार्बजनिक गरेका हुन् ।

    आफैले निर्माण गरिरहेको सन्तपुर बस्तीका झण्डैं २६१ कामदारहरुलाई लड्डु खुवाएर उनिहरुले एनिभर्सरी सेलिब्रेसन गरेका छन् । एनिभर्सरी मनाउँदै उनिहरुले उत्कृष्ट काम गर्ने कामदार र स्थानियहरुलाई पुरस्कार समेत दिएका छन् ।

    सन्तपुर बस्तीमा अहिले ५० प्रतिशत काम सकिएको बताईएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij