आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आइफोन टेन शुक्रबारदेखि नेपाली बजारमा

  • प्रकाशित मिति : बिहिबार, मंसिर १४, २०७४



  • एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले आइफोन टेन (एक्स) शुक्रबारदेखि नेपाली बजारमा ल्याउने भएको छ। डिसेम्बर १ अर्थात शुक्रबार फोन सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

    कम्युनिकेसनका अनुसार आइफोन टेन नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ। सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने छ।

    आइफोन टेनको नेपाली मूल्य तय भएको छ। आधिकारिक विक्रेता ओलिज स्टोरका निर्देशक लोकेस ओलीले दिएको जानकारी अनुसार आइफोन टेन ६४ जिबी भेरियन्टको मूल्य १ लाख ३८ हजार तथा २५६ जिबी भेरियन्टको १ लाख ५९ हजार निर्धारण गरिएको छ। भोलिदेखि नेपाली बजारमा आउने भए पनि प्रिबुकिङ भने यसअघिबाटै खुल्ला भइसकेको छ।

    सक्कली भ्याट बिल लिएर मात्रै फोन किन्न कम्पनीले आग्रह गरेको छ। एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टी रहने गर्दछ।

    यसभन्दा पहिलाको सिरिजको एलसीडी स्क्रिन टेनमा हटेको छ। यसको डिजिटल डिस्प्ले ओ एल इ डी (organic light-emitting diode) छ। फेसियल रिकोग्निसनबाट स्क्रिन लाइट अफ गर्न सकिने मुख्य विशेषता रहेको उक्त सिरिजको आइफोनमा होम बटनसमेत हटेको छ।

    ५. ८ इञ्चको ओएलइडी डिस्प्लेलाई सुपर रेटिना डिस्प्ले भनिइएको छ। पोट्रेट फोटोको विकल्प यसमा सेल्फी खिच्दासमेत पाइन्छ।

    आधिकारिक डिलरहरु इभो स्टोर, ओलीज, फ्यूचर वर्ल्ड आइस्टोर (राइजिङ मल), क्विालिटी कम्प्यूटर (बिर्तामोड), कम्प्यूटर सेल्स सेन्टर (बुटवल), आरपीएल ग्रुप (बिर्तामोड), न्यू एटुजेट मोवाइल हाउस (नारायणगढ) बाट मात्र आइफोन टेन खरिद गर्न सकिने छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij