शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नेपाली सेनाद्वारा विद्यालय भवनको जिर्णोद्धार

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १५, २०७४



  • बैतडी, मंसिर १५ । नेपाली सेनाले बैतडीको तल्लोस्वराडमा रहेको एक विद्यालय भवनको जिर्णोद्धार गरेको छ । बैतडीस्थित शत्रुमर्दन गूल्मले जिल्लाको मेलौली नगरपालिका–७ काँडामा रहेको नेत्रज्योति आधारभूत विद्यालयको दुई कोठे भवन जिर्णोद्धार गरेको हो ।

    ३ बर्षअघिदेखि छाना तथा भवन भत्किएर जिर्ण अवस्थामा रहेको उक्त विद्यालयको भवन निर्माण तथा मर्मत गरिएपछि विद्यालयमा अध्ययनरत बालबालिकालाई सजिलो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम पार्कीले जानकारी दिए । उनले भने, ‘नेपाली सेनाले गरेको यो कार्य निकै सह्राहनीय छ, अब हामीलाई पठनपाठन गर्न निकै सजिलो भएको छ ।’

    नेपाली सेनाले उक्त भवनको भत्किएको गारो तथा पिलर निर्माण, नयाँ काठ तथा जस्ता फेर्ने कार्य, झ्याल ढोका फेर्ने कार्य, भुँई मर्मत तथा प्लाई ठोक्ने कार्य र रङरोगन गर्ने कार्य गरेको बैतडीस्थित शत्रुमर्दन गूल्मका गुल्मपति सेनानी सुदीप बानियाँले जानकारी दिए ।

    शत्रूमर्दन गूल्मले आफ्नै श्रोत, साधन तथा जनशक्ति परिचालन गरि निर्माण कार्य पूरा गरेको हो । उनले भने, ‘हामीले करिव २ लाखको लगानी तथा आफ्नो स्रोत–साधन प्रयोग गरी विद्यालय भवन जिर्णोद्धार गरेका हौं ।’

    नेपाली सेनाले आफू कार्यरत स्थानहरुमा सामूदायिक हितलाई मध्यनजर गरि विभिन्न सामाजिक कार्यहरु गर्ने निती अनूरुप उक्त विद्यालय भवनको मर्मत तथा जिर्णोद्धार गरेको शत्रूमर्दन गूल्म बैतडीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij