शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

यी फ्लाइट टिप्सले तपाईँको हवाई यात्रा अारामदायी हुन्छ

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १९, २०७४



  • बुध्द एयरले हरेक उडानका लागि १२ घण्टा अघिदेखि नै मिहिन तयारी गरेको हुन्छ

    काठमाडौं । सुरक्षित यात्राको एकदमै भरपर्दो साधन भनेकै हवाई उडान हो । तपाई उड्नु भएको बेला संसारभर १० औं लाख यात्रुले यात्रा गरिरहेका हुन्छन् ।

    सामान्यतयाः पहिलो पहिलो चोटी उडान भर्दा डर लाग्नु स्वभाविक हो । यस्तोमा यात्रुहरु आत्तिने, चिन्ता लाग्ने, छपटी हुने, वाकवाकि लाग्ने, अझ कसैकसैलाई पसिना पनि आउने गर्दछ । यसलाई मेडिकल भाषामा फ्लाइट फोबिया वा एभियो फोबिया पनि भनिन्छ । बन्द ठाउँ र उचाईबाट डरलाग्नेलाई क्रमशः क्लास्ट्रोफोबिया र एक्रोफोबिया डर हुन् ।

    तर चिन्ता नगर्नुहोस्, तल उल्लेखित फ्लाइट टिप्सले तपाईँको हवाई यात्राको डर मेटाइ दिनेछन् ।

    उडानको बारेमा अध्ययन गर्नुहोस्ः यूरोपमा गरिएको एक अनुसन्धान अनुसार अधिकांश अवस्थामा उडानसँग डर लाग्नेहरुलाइ फ्लाइटको बारेमा एकदम थोरै वा कुनै पनि जानकारी नहुने गरेको पाइएको छ । आधुनिक विमानको निर्माणमा प्रयोग भएको प्रविधि अथवा विमान कम्पनीले अपनाएको सावधानी आदिको बारेमा जानकारी राख्नाले यो समस्या हटाउन महत्वपूर्ण हुनेगरेको छ । उडानका क्रममा जहाजको गतिमा हुने परिवर्तनले कम्पन सिर्जना हुनसक्छ, यस्ता आकस्मिक मुभमेन्टुको बारेमा जानकारी हुनाले यो सामान्य प्रक्रिया हो भन्ने थाहा हुन्छ र जसलाई विमान चालकले कुशलता पूर्वक नियन्त्रणमा लिन सक्छन् । उदाहरणका लागि बादल चिर्दा जहाज अलि कम्पन हुनु स्वभाविक हो । जहाज उडान दलले यस्तो बादल भएको रुट उछिन्ने गरेको छ ।

    हालसम्म विश्वभरि नै हवाईयात्रालाई भरपर्दो माध्यमको रुपमा मानिएको छ । त्यसैले हवाई यात्रामा डर मान्नुपर्ने केही कारण छैन । नेपालको परिप्रेक्ष्यमा नेपाली विमान कम्पनीले हवाईयात्रा र यसमा अपनाइने सुरक्षाको बारेमा जानकारी दिने गरेका छन् । यी र यस्ता जानकारीले यात्रा सहज बनाउन सहयोग गरेको छ ।

    निजी हवाई सेवा प्रदायक कम्पनीमा बुध्द एयरले हरेक उडानका लागि १२ घण्टा अघिदेखि नै मिहिन तयारी गरेको हुन्छ । यसले यात्राको जोखिमहरुलाई न्यूनिकरण गर्न धेरै मद्दत गर्दछन् ।

    उडानको तयारी नै सबैभन्दा महत्वपूर्णः आफ्नो उडानको राम्रो तयारी नगर्नुंनै उडान अघि हुने चिन्ताको प्रमुख कारण हो । आफूलाई आवश्यक सर–सामान समयमा नै तयार राख्नाले उडानका दौरान आवश्यक परेमा आफूसँग रहन्छ । अर्को महत्वपूर्ण कुरा उडान अगावै यात्रुले आफ्नो शरीरलाई उडानको लागि तयारी राख्नुपर्छ । त्यसैले बोर्डिङ पास लिनु अगावै केही खान आवश्यक छ । भोको पेटमा यात्रा गर्दा वान्ता आउने र खान मन नलाग्ने हुनसक्छ । विमानस्थल सहि समयमा पुग्न पनि उत्तिकै महत्वपूर्ण छ । बाटोमा हुनसक्ने अनावश्यक ट्राफिक जामले यात्राको क्रममा थप चिन्ता बढाउन सक्छ ।

    पश्चिमा देशहरूमा फ्लाइट अघि योगाध्यान गर्ने चलन सुरु भएको छ । हावर्ड विश्वविद्यालयका डा. सारा लाजरले गरेको अध्ययनले यात्रा अघि गरिने ध्यानले यात्राका क्रममा हुने तनाव कम गर्ने निष्कर्ष निकालेका छन् ।

    यसका बाबजुद पनि हवाईयात्रा प्रति संकोच भएमा आफ्नो पारिवारिक डाक्टरसँग सल्लाह लिन आवश्यक छ ।

    यात्रालाई नितान्त मनोरञ्जन बनाउनुहोस् । यदि तपाई पहिलो पटक यात्रा गर्दै हुनुहुन्छ भने आफ्नो यात्रालाई आफूले अहिलेसम्म प्रतीक्षा गरेको यात्राको रुपमा लिनुहोस् र आफूलाई त्यसैमा  व्यस्त राख्नुहोस् । जहाजले जमिन छाड्ने बित्तिकै तपाई हावामा उड्दै हुनुहुन्छ यो समयलाई अविस्मरणीय बनाउनुहोस् र जीवनमा बाँकी फ्लाइटको प्रतीक्षा गर्नुहोस् । यदि तपाईँ निरन्तर हवाई यात्रा हुनुहुन्छ भने नयाँ उडान एउटा अंकको लागि मात्र अर्को उडानको रुपमा लिनुहोस् यदि यसो गर्दा पनि तनाव कम नभएका विमानमा रहेका परिचारिकालाई  जानकारी गराउनुहोस् ।  यसो गर्नाले यात्राको दौरान तपाईलाई कुनै समस्या परेमा सहयोग गर्न सजिलो हुन्छ ।

    यात्रामा मन पर्ने गीत, पोडकास्ट वा अडियो किताब सुन्दा निरन्तरको जहाजको आवाज सुन्नु पर्दैन जसले तपाईँको तनाव कम गर्न सघाउने छ । बुध्द एयरका एटीआर सिरिजका जहाजमा ध्वनी प्रदुषण न्यून रहेको छ । यस्तै केही पढ्दा, लेख्दा, चित्र कोर्दा वा दैनिक भन्दा फरक हातले लेख्ने कोसिस गर्दा ध्यान फ्लाइटभन्दा बाहिर जान्छ र तनाव कम हुन्छ । यसो गर्दा पनि तनाव कम नभए नाकाबाट लामो सास लिने र मुखबाट फ्याँक्ने गर्नाले पनि मुटुको धड्कन केही सामान्य बन्छ । यस्तो अवस्थामा यात्रुले एयर ब्याग अर्थात् हावा थैलीको प्रयोग गर्नसक्छ र पानी पनि माग्न सक्छ । पानीले लगभग सबैखाले तत्कालको समस्या समाधान गर्नसक्छ ।

    यात्राको अन्त्यः यदि जहाज अवतरण गर्ने तयारीमा छ भने ४–५ दिनपछि सम्मको दैनिकी सम्झिनुहोस्, साथीभाईसँगको सुखद समयलाई सम्झिनुहोस्, आफ्नो समय र यात्रालाई कसरी अधिकतम सदुपयोग गर्न सकिन्छ विचार गर्नुहोस्, यसो गर्नाले तपाईलाई आफ्नो यात्रामा उर्जा थप्ने छ । आफ्नो यात्रापछि यात्रामा भएका नराम्रा अनुभवको बारेमा कहिल्यै नसम्झनुहोस् यसको सट्टा आफुले त्यस्तो अवस्थामा आफूलाई कसरी सम्हाल्ने सम्झनुहोस् ।
    आफ्नो यात्राको दौरान भएका केही सुखद् र अविस्मरणीय घटना सम्झनुहोस् जसले अर्को यात्राको तयारी सहज बनाउने छ ।
    यहाँको उडान रमाइलो र सुखद् होस् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij