प्रकाशित मिति : मङ्लबार, मंसिर १९, २०७४
देशका पश्चिमी क्षेत्रमा मतदानको दिन पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले चुनावका लागि जारी गरेको विशेष मौसमी बुलेटिनमा मंसिर २१ गते प्रदेश नम्बर ४, ५, ६ र ७ का केही स्थानमा बुधबार पनि हल्का वर्षा हुने सम्भावना रहेको र यो क्रम मतदानको दिन पनि जारी रहने उल्लेख छ।
महाशाखाले भोलिदेखि देशभरि अधिकतम् तापक्रम घट्ने र सामान्य बदली हुनसक्ने पनि जनाएको छ।
भारतको गुजरातनजिकैको अरब सागरको सामुद्रीक चक्रपातका कारण देशका पश्चिम क्षेत्रको मौसममा परिवर्तन हुन लागेको हो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij