मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

विदेशबाट आएकाहरु मतदानमा सहभागी हुन उत्साहित

  • प्रकाशित मिति : बुधबार, मंसिर २०, २०७४



  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानमा सहभागी हुन घर जाने–आउनेको चाप बुधबारसम्मै उल्लेख्य रह्यो ।

    निर्वाचनमा मतदान गर्नका लागि आफ्नो सबै कामलाई एक ठाउँमा थाती राखेर विदेशबाट आउने यात्रीको संख्या पनि उस्तै रह्यो । विदेशबाट आएका यात्री पनि मतदानमा सहभागी हुन उत्साहित छन् ।

    नेपालमा हुन लागेको निर्वाचन ऐतिहासिक भएकाले मतदानमा सहभागी हुन विदेशी डलरको मोह त्यागेर नेपाल फर्केको यात्रीहरुले बताए । निर्वाचनपछि मुलुक आर्थिक समृद्धिको बाटोतर्फ लाग्ने उनीहरुको विश्वास छ ।

    आन्तरिक उडानबाट मतदानका लागि घर जाने स्वदेशी यात्रीहरु पनि उत्तिकै उत्साहित रहेका छन् ।

    आन्तरिक उडानमा निजी तथा सरकारी स्वामित्वका विमान कम्पनीले ५२ र ७० सिट संख्याको विमान थप गरेसँगै विमानको यात्रा शुल्कमा कमी आएको थियो ।

    शुल्कमा आएको कमीले निर्वाचनका लागि घर फर्कने यात्रीले राहत पाएको सर्वसाधारणले बताए ।

    आन्तरिक उडानको शुल्कमा आएको गिरावटले पनि हवाईमार्गको प्रयोग गर्नेक्रम बढेको बताइन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij