शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

ओतानिया एयरले काठमाडौं-कुवेत उडान सुरु गर्‍यो, भाडा २३ हजार

  • प्रकाशित मिति : बिहिबार, मंसिर २१, २०७४



  • कुवेतको निजी स्वामित्वमा रहेको ओतानिया एयरवेजले आजदेखि काठमाडौं कुवेत उडान सुरु गरेको छ।

    काठमाडौंबाट कुवेत उडान संचालन गर्ने कम्पनी ओतानिया बनेको छ। यो सेवाको पहिलो उद्देश्य कुवेती जनतालाई नेपालमा पर्यटनका लागि प्रोत्साहन गर्नु र दोस्रो उद्देश्य नेपालबाट कुवेतमा जाने कामदारहरुलाई सहज बनाउनु भएको सो एयरले जनाएको छ। एयरलाइन्सले आफ्नो सेवाको सुरुवाती कुवेतसम्मको दैनिक उडानका लागि २३ हजार निर्धारण गरेको छ ।

    तीन ए–३२० विमान सहितको वटानिया एयरवेज्ले विश्वभरका ११ गतब्य सम्मका लागि उडान सेवा उपलब्ध गरिरहेको छ । साथै, कम्पनीको काठमाडौंबाट दोहा, बहराइन, बाकु र अन्य विभिन्न स्थानका लागि सहज सञ्जाल विस्तार गरिएको छ ।

    ‘नयाँ उडान सेवाको आगमनले नेपालको पर्यटन क्षेत्र तथा नेपालीलाई उल्लेख्य सहयोग प्राप्त हुनेछ’, ओतानिया एयरवेज, काठमाडौंका लागि स्टेशन म्यानेजर रुपेश झाले भने,‘यसले नेपालीलाई कुवेतमा कामको थप अवसर समेत प्राप्त हुने हामीलाई विश्वास छ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij