आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

समानुपातिकतर्फ एमालेले २५ लाख मत कटायो, कांग्रेस पछ्याउँदै

  • प्रकाशित मिति : बिहिबार, मंसिर २८, २०७४



  • काठमाडौं, मंसिर २८ । प्रतिनिधिसभातर्फको समानुपातिक मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

    प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा बढी सिट जितेको एमालेले समानुपातिककमा पनि सबैभन्दा बढी मत ल्याएको हो ।

    निर्वाचन आयोगले दिएको तथ्यांक अनुसार जम्मा खसेका १ करोड ५ लाख मतमध्ये हालसम्म नेकपा एमालेले २५ लाख ६८ हजार ४०५ मत प्राप्त गरेको छ ।

    दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ८३ हजार ३८६ मत प्राप्त गरेको छ ।

    त्यसैगरी नेकपा माओवादी केन्द्रले १० लाख १७ हजार १०६, संघीय समाजवादी फोरमले ३ लाख ४५ हजार मत कटाएको छ ।

    राजपाले २ लाख ९१ हजार, राप्रपाले १ लाख ६८ हजार, विवेकशील साझा पार्टीले १ लाख ६८ हजार, नयाँ शक्ति पार्टीले ६७ हजार मत ल्याएको छ ।

    त्यस्तै राप्रपा प्रजातान्त्रिकले ६२ हजार, राष्ट्रिय जनमोर्चा ४० हजार मत पाएका छन् । अरु दलले २ लाख ६३ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij