आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ईयूबाट बेलायत औपचारिक रुपमा बाहिरिने बारे दोस्रो चरणको बार्ता गरिने

  • प्रकाशित मिति : शनिबार, पुस १, २०७४



  • बेलायत युरोपियन युनियनबाट आगामी सन् २०१९ को मार्चमा अलग हुँदैछ ।

    यूरोपेली आयोगका प्रमुख जाँ क्लड यंकरले आगामी हप्ता सुरु हुने ती वार्तामा बेलायत औपचारिक रुपमा ईयुबाट बाहिरिएपछिको संक्रमणका सर्तहरुबारे छलफल गरिने बताए ।

    व्यापार र सुरक्षासहित बेलायत र युरोपियन युनियनबीच दीर्घकालीन सम्बन्ध अघि बढ्न सक्ने संकेत यसबाट मिलेको छ ।

    यूरोपेली आयोगका अध्यक्ष जाँ क्लड यंकरले अबको प्रकृया झनै कठिने हुने भन्दै सावधान गराए ।

    ब्रसल्समा ईयूका अन्य २७ सदस्य देशका नेताहरुसँगको बैठकपछि यूरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले ब्रेक्जिटका विषयमा पर्याप्त प्रगति भएको बताएका छन् ।

    उनले बेलायती प्रधानमन्त्री टेरिजा मे लाई बधाईसमेत दिएका छन् ।

    बेलायती प्रधानमन्त्री मेले ईयूसँगको बेलायतको सम्बन्धको दीर्घकालीन आकारहरु तय गर्ने आगामी चरणका छलफलका लागि सृजनात्मक र लक्ष्यका साथ दुवै पक्षले सम्बोधन गरुन् भन्ने आफूले चाहेको बताएका छन् ।

    दोस्रो चरणको वार्ताका लागि युरोपेली युनियनले उसको निर्देशिकाहरु सार्वजनिक गरेको छ र भावी आर्थिक सहकार्यसम्बन्धी छलफलहरु आगामी मार्च अघि सुरु नहुने देखिएको छ ।

    निर्देशिकामा यूरोपेली न्यायालयको अधिकारक्षेत्रभित्र बेलायत रहनेछ र संक्रमणकालीन समयमा कुनै पनि स्वतन्त्र आवागमनका लागि उसले स्वीकृति प्रदान गर्नुपर्ने उल्लेख छ ।(एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij