शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

हुस्सु र कुहिरोका कारण सवारी दुर्घटना बढ्यो, विहानै बस र ट्रक ठोक्किए

  • प्रकाशित मिति : आइतवार, पुस २, २०७४



  • सर्लाही, पुस २ । पुस महिनाको सुरुवातसँगै जिल्लामा बढ्दो चिसो र कुहिरोका कारण दुर्घट्ना बढ्न थालेका छन् ।

    यसैबीच आइतबार(आज) बिहान सवा चार बजे पूर्व–पश्चिम लोकमार्ग अन्तरर्गत सर्लाहीको हरिवन नगरपालिका र लालबन्दी नगरपालिकाको सिमानामा पर्ने लखन्देही पुलमा बस र ट्रक एक आपसमा ठोक्किएका छन ।

    बाक्लो हुस्सु र कुहिरोका कारण बस र ट्रक एक आपसमा ठोकिएको जिल्ला ट्राफिक कार्यालय सर्लाही नवलपुरले जनाएको छ ।

    पूर्वको इटहरीबाट सामान लिएर आउँदै गरेको ना ६ ख ४८९१ नम्बर को कन्टेनर ट्रक र काठमाडौंबाट धनगढीका लागी यात्रु लिएर जाँदै गरेको ना ७ ख ३६१२नम्बरको यात्रुबाहक बस बिहान लखन्देही पुल बीचमा ठोक्किएर दुर्घट्ना भएको हो ।

    दुर्घटना भएर ट्रक र बसमा सामान्य क्षति पुगेको भए पनि मानवीय क्षति नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब निरीक्षक केशर बहादुर बस्नेतले बताए ।

    ठक्कर दिने दुबै सवारी र चालक इलाका प्रहरी कार्यालयको नियन्त्रणमा भए पनि यात्रुहरु आ–आफ्नो गन्तब्य तर्फ लागिसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

    ट्रक र बस एक आपसमा ठोक्किदा करिब सवा घण्टा लोकमार्गको आवत जावत अवरुद्ध भएको स्थानीयले बताएका छ्न् । अहिले यातायात सुचारु छ ।

    सवारी साधनको सङ्ख्याको आधारमा पहिलेको राजमार्ग साँघुरो हुदै जानु र बढ्दो सवारी चाप साथै प्रत्येक बर्ष तराईमा लाग्ने बाक्लो हुस्सुका दुर्घटना बढ्ने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij