शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कृषि उत्पादनको विषयमा अवलोकन, भ्रवण तथा अनुभव आदनप्रदान

  • प्रकाशित मिति : आइतवार, पुस २, २०७४



  • मधु पौडेल , बाँके । बाँकेमा कृर्षकहरुले कृषि उत्पादनको विषयमा अवलोकन , भ्रवण तथा अनुभव आदनप्रदान गरेका छन  ।  राप्ती सोनारी गाउँपालिकाको विनौना १ शान्तिपुर र बजैनाथ गाउपालिका टिटिरिया ८ मा कृषि अवलोकन भ्रमण गरिएको थियो ।

    युरोपियन युनियन तथा डय्न चर्च एड को सहयोग तथा क्षेत्रिय खाद्य सुरक्षा परियोजना अन्र्तगत नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बाकेको आयोजनामा सो कृषि अवलोकन तथा भ्रमण कार्यक्रमको आयोजना गरीएको थियो । भ्रमणमा टिटिहिरिया, महादेवपुरी,चिसापानी,नौवस्ता तथा विनौनाका  किसान समुहका करिव २१ बढि अगुवाहरुको उपस्थिति रहेको परियोजनाका फिल्ड अधिकृत लक्ष्मण विकले जनाकारी दिनु भयो । DSC_1294

    विनौना १ शान्तिपुरमा गौड्यौला मल प्रदर्शन को अवलोकन गरेको थियो । उक्त अवलोकनमा उपस्थित किसान अगुवाहरुले गौड्यौला मल उत्पादन गर्दै आउनु भएकी किसान धनी वलीले कसरी गड्यौलाको सहयोगबाट  मल उत्पाद गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुतीकरण राख्नु भएको थियो भने उपस्थित किसानहरुले जिज्ञसाहरु राखेका थिए । यसै गरी उक्त अवलोकन टोलीले बजैनाथ गाउपालिका टिटिरियामा रहेको आलुखेतीको  अवलोकन गरेको परियोजनाका फिल्डअधिकृत विकले जनकारी गराउनु भयो । उक्त भ्रमणबाट आफुहरुमा अझै खेतिकिसानी प्रतिको मोह बढेर आएको सहभागीहरुले जनकाएका थिए । DSC_1301

    उक्त अवलोकनको संयोजत्व परियोजनाका कार्यक्रम संयोजक पे्रम बहादुर विकले गर्नु भएको थियो । अवलोकनमा उपस्थित जानकी गाउँपालिका कृषि प्राविधिक अमरराज आर्चाय, सोही गाउपालिकाका पशु प्राविधिक दिल बहादुर खड्का, तथा डुडुवा गाउँपालिकाका कृषि प्राविधिक निर्मल रेग्मीले समेत सहजीकरण गर्नु भएको थियो । अवलोकन भ्रमण पौष २ गते समापन भएको परियोजनाका फिल्ड अधिकृत विकले जनकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij